Mon. Mar 8th, 2021

Ujyaalo Patrika

Daily News

सबैभन्दा महङ्गो तरकारी के होला ? जुन किलोकै ३० हजार पर्छ

1 min read

तपाईंले बजारबाट किन्ने तरकारी किलोको कति पर्ला ? धेरै महङ्गो तरकारी रोज्नुभयो भने ४/५ सय । तर दुनियाँमा यस्तो तरकारी छ जुन एक किलोकै ३० हजार रुपैयाँसम्म पर्छ ।
यतिधेरै महङ्गो तरकारी हो गुच्छी च्याउ । यो च्याउ नेपालका समेत उच्च पहाडि तथा हिमाली भेगमा पाइन्छ । नेपालमा यसको खासै महत्व नभएपनि भारतमा भने यो च्याउ सुनको भाउमा बिक्ने गरेको छ । यो च्याउ हिमाञ्चल, कश्मीर लगायतका क्षेत्रमा प्रतिकिलो २५ देखि ३० हजार भारुमा बिक्री हुने गरेको छ ।

आकाशमा बिजुली चम्किएको बेला हिउँ पग्लिएपछि हिउँमुनिबाट यो च्याउ बाहिर निस्किने बताइन्छ । यसलाई मानिसहरुले टिपेर जम्मा गरेर राख्ने तथा जाडोको मौसममा पकाएर खाने गर्दछन् ।
यो च्याउ औषधिय गणले युक्त भएकाले पनि यति धेरै महङ्गो भएको हो ।
यो च्याउको माग भारतसँगै अमेरिका, युरोप, फ्रान्स इटाली तथा स्विजरल्याण्ड अत्यधिक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.