Sat. Sep 25th, 2021

Ujyaalo Patrika

Daily News

१३ हजार मासिक किस्तामा नै किन्न पाइने दुई नयाँ कार . .

1 min read

सामान्यतया मोटरसाइकलको मासिक किस्तामा बराबर तिर्दा नयाँ कार किन्न पाइन्छ भन्दा धेरैले पत्ताउने गरेका छैनन् । तर, ३ लाख ५० हजारको मोटरसाइकल ३० प्रतिशत डाउन पेमेन्ट गरेर किन्दाको मासिक किस्ता र कारको मासिक किस्ता लगभग उस्तै पर्छ । तर, कार चढ्नेले यस्तो किस्ता ८ वर्षसम्म तिर्नु पर्छ भने मोटरसाइकल चढ्नेले २ वर्ष मात्रै तिर्दा पुग्छ । यस्तोमा नेपालमा बिक्री हुने दुई कार चढ्ने ग्राहकले मासिक १३ हजार किस्ता तिर्नेगरि कार चढ्न सक्ने छन् ।

अहिले नेपालमा मारुती सुजुकीको आधिकारक वितरक सिजी मोटोकर्पले बिक्री गर्दै आएको अल्टो ८०० र पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको रेडी गो सबैभन्दा कम मूल्यका कार हुन् । यी दुबै मोडल एक अर्काका प्रतिस्पर्धी हुन् । अल्टो ८०० एसटीडी मोडलको मूल्य १८ लाख ९९ हजार र डाट्सन रेडी गो मोडलको मूल्य १९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यी दुबै मोडलमा बिक्रेता कम्पनीले कम्तीमा १ लाख रुपैयाँ नगद छुट दिने छन् ।

यसरी छुट लिँदा अल्टोमो मूल्य १७ लाख ९९ हजार र रेडी गोको मूल्य १८ लाख ९९ हजार रुपैयाँ पर्ने छ । यदि कम्पनीले अहिले दिइरहेको अफर सुविधा नलिने हो भने रेडी गो ग्राहकले १८ लाख ५० हजार रुपैयाँमा नै खरिद गर्न सक्ने छन् । अहिले कम्पनीले डाट्सनका उत्पादनमा ६ महिनाको मासिक किस्ता तिरिदिने अफर संचालन गरिरहेको छ ।

कुन मोडलको मासिक किस्ता कति

कम्पनीले ल्याएको कुनै पनि अफरमा तपाईले ध्यान नदिने हो भने अल्टो र रेडी गो लगभग एउटै मूल्यमा खरिद गर्न सकिने छ ।

पहिला कुरा गरौँ अल्टो ८०० को । यसको छुटसहितको मूल्य १७ लाख ९९ हजार रुपैयाँमा तपाईले ५० प्रतिशत रकम डाउन पेमेन्टको रुपमा बुझाउनु पर्ने हुन्छ । यसको मतलव तपाईले ८ लाख ९९ हजार ५०० रुपैयाँ गाडी किन्न जाँदा तयारी गरेर जानु पर्ने हुन्छ ।

त्यसपछि तपाईले तिर्न बाँकी रकम ८ लाख ९९ हजार ५०० रुपैयाँ बैंकबाट कर्जा लिन सक्नु हुन्छ । अहिले बजारमा तरलताको कुनै कमी छैन । तपाईले ८.२५ प्रतिशतमा बैंकबाटै कर्जा दिन सक्नु हुन्छ । एनआईसी एशिया बैंकले यस्तो अफर समेत चलाई रहेको छ ।

एनआईसी एशिया बैंकबाट कर्जा दिएर ८ वर्ष भित्र तिर्नेगरि अल्टो ८०० किन्दा तपाईको मासिक किस्ता १२ हजार ८३० रुपैयाँ पर्नेछ । सम्पूर्ण किस्ताको बारे थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।

अब कुरागरौँ रेडी गोको । रेडी गो पनि कुनैपनि अफर नलिने हो भने १८ लाख ५० हजार रुपैयाँमा किन्न पाइन्छ । यसलाई किन्न चाहने मानिसले डाउन पेमेन्ट बापत ९ लाख २५ हजार रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने छ ।

बाँकी रकम एनआईसी एशिया बैंकबाट ८.२५ प्रतिशत व्याजदरमा कर्जा लिने हो भने ग्राहकले ८ वर्षसम्म मासिक १३ हजार १९४ रुपैयाँ तिर्नु पर्ने हुन्छ । रेडी गो किन्दा तिर्नु पर्ने सम्पूर्ण रकम थाहापाउन यहाँ क्लिक गर्नुहोस् । श्रोत मेरो अटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.