सेकेन्ड ह्याण्ड बाइक किन्ने सोचमा हुनुहुन्छ : मौकाको फाइदा उठाउनुहोस ।
1 min read
आउदै गरेको दशैँ तिहारमा नया बाइक किन्ने लाइ त बिशेस अफर हुन्छ नै तर सेकेन्ड ह्याण्ड किन्ने लाइ पनि अरु समयमा भन्दा दशैँ तिहारमा सस्तो र राम्रो बाइक पाइने गर्दछ दशैँ तिहारमा प्रायले पुरानो बाइक बेचेर नया लिने गर्ने भएकोले अथवा सोरुम संग सात फेर गर्ने भएकोले पनि यो समयमा राम्रो कन्डिसनको बाइक पनि सस्तो मूल्यमा पाइने गर्दछ ।
अरु समयमा १० देखि ४०-५० हजार सम्म सेकेन्ड ह्याण्ड बाइकमा नाफा खाएर बेचेपनि दशैँ तिहारमा भने ५ देखि १५ हजार सम्म मात्र नाफा खाएर बेच्ने गरेको रि कन्डिसनका मालिक बताउने गर्छन भने सोरुमका मालिकले पनि हामि संग सात फेर गर्दा हामीले सस्तो मुल्यमा नै लिने भएकोले किन्ने व्यक्तिलाई पनि महँगो नहुने बताउछन ।
सेकेन्ड ह्याण्ड बाइक किन्दै हुनुहुन्छ ? यी ५ कुरा ख्याल गर्नुहोस्
धेरैका मोटरसाइकल अहिले अत्यावश्यक साधन भइसकेको छ । कार्यालय आउन–जान वा कतै जान काठमाडौँजस्तो जाम हुने ठाउँमा त झन् बाइक निकै नै उपग्योगी साधन हो । तर नयाँ बाइक किन्दा बढी रकम खर्च हुने हुनाले पनि यो आवश्यकता परिपूर्तिका लागि सेकेन्ड ह्याण्ड बाइक किन्नेहरुको भीडपनि बेग्लै हुन्छ ।
तर सेकेन्ड ह्याण्ड बाइक किन्दा केहि कुराहरुमा ध्यान दिनुपर्छ । नत्र फसिने सम्भावना अधिक रहन्छ । हामीले तपाईंहरुका लागि सेकेन्ड ह्याण्ड बाइक किन्दा ध्यान दिनुपर्ने केहि कुराहरुबारे तथ्यहरु कलन गरेका छौं । हेर्नुहोस् सेकेन्ड ह्याण्ड बाइक किन्दा ध्यान दिनुपर्ने केहि कुराहरुः
१.सुरुमा आफ्नो आवश्यकता बुझ्नुहोस् । तपाईंलाई कस्तो बाइक सुहाउंछ वा आवश्यक छ भन्ने बुझ्नुहोस् । कस्तो माइलेज दिने कुन मोडलको बाइक आफुलाई ठिक हुन्छ भन्ने एकिन गर्नुहोस् । बाइक किन्दा आफ्नो पेशालाई पनि ध्यान दिनुहोस् । तपाईं प्रोफेसनल काममा हुनुहुन्छ भने उत्तेजक मोडलका बाइकहरु नकिन्नुहोस् ।
२.सेकेन्ड ह्याण्ड बाइकहरु धेरै ठाउँमा पाइन्छ । चिनेको वर्कशप वा डिलरबाट बाइक किन्नुहोस् । सस्तो पाएँ भन्दैमा कम चिनेको व्यक्ति वा ठाउँबाट बाइक नकिन्नुहोस् ।
३.बाइक हेर्दा कस्तो मात्र होइन अन्य पाठ पूर्जा ठिक छ कि छैन भन्नेबारेपनि बुझ्नुहोस् । सेकेन्ड ह्याण्ड बाइक किन्दा बाइक चलाईरहेको व्यक्तिको सल्लाह लिनुहोस् ।
४.बाइकमा विभिन्न खाले समस्या हुन सक्छन् । इन्जिन ठिक छ कि छैन, तेल चुहिने समस्या छ कि छैन, जस्ता कुराहरु बढी ध्यान दिनुहोस । बाइक आफुले लिनुअघि आफैंले एक पटक कुदाउनुहोस् । यसले तपाईंलाइ तपाईंले किन्न खोज्नुभएको बाइक कस्तो कन्डिसनमा छ भन्ने कुरा बुझ्न मद्धत गर्छ ।
५.सबैभन्दा महत्वपूर्ण कुरा भनेको बाइकको कागजात हो । ब्लु बुकमा उल्लेख भएको चेसिस नम्बर र गाडीको चेसिस नम्बरबीच मेल खान्छ कि खाँदैन भन्ने स्पष्ट हेर्नुहोस् । बाइकको बिमा तिरेको छ कि छैन, कर तिरेको छ कि छैन, बाइक चोरीको हो कि होइन लगायतका कुराहरु ध्यान दिनुहोस् ।