Fri. Mar 5th, 2021

Ujyaalo Patrika

Daily News

भूत-प्रेत : हुन्छ कि हुदैन जान्नुहोस . . .

1 min read

भूतप्रेत मान्नु र नमान्नु पनि ईश्वर मान्नु र नमान्नु जस्तै हो । आँखाले प्रत्यक्ष नदेखिने तथा वैज्ञानिक रूपमा पुष्टि नभइसकेका हुनाले प्रेतको मान्यतालाई अन्धविश्वासको कोटिमा राखिन्छ । यद्यपिव संसारमा त्यस्ता थुप्रै रहस्य छन् जसलाई आँखाले प्रत्यक्ष देखिएन भन्दैमा सीधै इन्कार गर्न मिल्दैन । प्रेतसम्बन्धी विश्वास पनि त्यस्तै हो ।

सामान्यतः प्रेत शब्द अशरीरी आत्माका लागि प्रयोग गरिन्छ । प्रेत भनेको आत्माको त्यस्तो स्थिति हो जसमा शरीर त नष्ट हुन्छ तर आत्मा संसारसँगै बाँधिइरहेको हुन्छ । यसलाई आत्माको अस्वाभाविक मानिन्छ ।

आत्मा प्रेत हुने स्थितिमा कसरी पुग्छ ?

प्रेत कुनै पनि जीवधारीको सूक्ष्म शरीर हो । स्वभाविक मृ त्युका क्रममा मानिसका अं गले विस्तारै विस्तारै काम गर्न छोड्छन् अर्थात् शरीरको ऊर्जा परिपथ क्रमशः क्षीण हुँदै जान थाल्छ । पहिला उसको हातगोडा चेतनारहित हुन्छ, त्यसपछि शरीर अनि मस्तिष्कको चेतनासँग मुटुको सम्बन्ध टुट्छ, अन्तमा प्राण शरीर छाडेर बाहिर निक्लन्छ ।

यी सम्पूर्ण क्रिया कोषिकाहरूमा विद्यमान विद्युत कणहरू क्रमशः क्षीण हुँदै गएपछि घटित हुन्छ । कोषिकाहरूको माइटोकोन्डि्रयाले जुन विद्युत निर्माण गर्छन् ती भण्डारण हुन्छन्, तिनले कोषिकाहरूमा शक्ति प्रदान गर्छन् र शरीरलाई तातो बनाइराख्नुका साथै पाचनलगायतका अन्य शारीरिक क्रियाहरूलाई सुचारु बनाइराख्छन् ।

कोषिकाहरूको विद्युत केन्द्रको सम्बन्ध विद्युतीय शक्ति तरंगका माध्यमले एकअर्कासँग जोडिएका हुन्छन् । स्वाभाविक मृ त्युका क्रममा यस्तो सम्बन्ध विस्तारै विस्तारै क्षीण भएर टुट्छन् र विद्युतीय शरीर नष्ट हुन्छ जससँग आत्मा जोडिएको हुन्छ । विद्युतीय शरीर नष्ट भएपछि आत्मा कुनै अर्को विद्युतीय शरीरको खोजीमा लाग्छ र एक निश्चित स्तरसम्म विकसित भ्रूण फेला पार्न सक्यो भने त्यसैमा प्रवेश गर्छ जहाँ उसले विद्युतीय शरीर प्राप्त गर्छ ।

जब कोही मानिस कुनै आकस्मिक चोट, विष, पानीमा डुबेर, आगोमा जलेर अथवा अन्य कुनै पनि कारणले अचानक सास बन्द भएका कारण स्थूल शरीरमा अचानक क्षति आएका कारण म र्छ, कुनै अन्य व्यक्ति वा परिस्थितिका कारण अप्रत्याशित ह त्या बेहोर्छ अथवा शरीरका कुनै अंगले काम गर्न छोड्छ त्यति बेला शरीर त नष्ट हुन्छ तर विद्युतीय शरीर क्षीण हुने प्रक्रिया क्रमिक वा प्राकृतिक रूपले हुन नसकेका कारण आ त्मा त्यसैमा बाँधिइरहन्छ ।

विद्युतीय शरीरमा भएका कारण उसको प्रत्यक्षीकरण हुँदैन र उसलाई अरूले देख्न सक्दैनन् । स्थूल शरीरलाई म रेको देखेपछि अरूले उसलाई म रेको ठान्छन् जब कि ऊ विद्युतीय शरीरमा जीवित रहेको हुन्छ र उसको चेतना एवं अनुभूति कायम रहिरहन्छ । उसमा तृष्णा, कामना, इच्छा आदि पनि रहिरहन्छ तर क्रियाका लागि शरीर हुँदैन ।

शरीरको क्रिया समाप्त भएपछि विद्युतीय केन्द्रहरूमा संचित विद्युत क्षीण हुने प्रक्रिया सार्‍है कम हुन्छ र ऊ त्यही विद्युतीय स्थितिमा जीवित रहन्छ । यसकारण के स्पष्ट हुन्छ भने त्यही विद्युतीय शरीर नै प्रेत अर्थात् प्रेतात्मा हो । उसको मुक्ति विद्युतीय शरीर क्षीण हुने प्रक्रियामाथि निर्भर हुन्छ ।

कतिपय अवस्थामा त्यस्तो विद्युतीय शरीर हजारौँ वर्षमा मात्र क्षीण हुन्छ । यस्तो स्थिति उक्त जीवका लागि निकै कष्टदायक हुन्छ । उसले चाहेर पनि केही गर्न सक्दैन तसर्थ हरेक समय छटपटाइरहन्छ र आफैं असन्तुष्ट एवं कष्टपूर्ण स्थितिमा भएकाले तथा कामना अधुरो रहेकाले उसले अरूलाई पनि कष्ट दिन्छ र कामना पूरा गर्ने प्रयत्न गर्छ ।

यसबाट के बुझ्न सकिन्छ भने आकस्मिक मृ त्यु पाएका पितृ यसकारण असन्तुष्ट हुन्छन् कि उनीहरूले हाम्रो जीवन देखिरहेका हुन्छन् तर उनीहरूका लागि वा उनीहरूको मुक्तिका लागि केही पनि गरिरहेका हुँदैनौँ । यस्तो अवस्था बुझेका मानिसहरू उनीहरूको मुक्तिका लागि प्रयास गर्छन् ।

देवीदेवता, सिद्ध, तान्त्रिक तथा मन्त्र तथा स्पर्शबाट तिनका विद्युतीय शरीर तीव्र गतिमा क्षीण हुन्छ त्यतिबेला यिनीहरूलाई स्थूल शरीर छोड्ने बेलामा जत्तिकै कष्ट हुन्छ र उनीहरू त्यसत कुरा तथता चीजबीजबाटा टाढा भाग्छन् । यी सबै विद्युतीय तरंगका क्रिया हुन् । प्रकृतिका कुनै विशेष वृक्ष, वनस्पति, स्थान आदि त्यस्ता हुन्छन् जसमा बस्दा विद्युतीय शरीरलाई शान्ति प्राप्त हुन्छ । त्यसैले यिनीहरू त्यस्ता ठाउँमा बस्न रुचाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.