नेपालगञ्जमा भेटियो नागमणि, २ करोडमा बेच्नै लाग्दा यस्तो घटना भएपछि सबै चकित . . .
1 min read
बाँके। नेपालगन्जमा नागमणि सम्बन्धी ठूलो रहस्य सुल्झिएको छ । केही ब्यक्तिहरुले आफूसँग महत्वपूर्ण र बहुमूल्य नागमणि छ भन्दै ग्राहक खोजि गरिरहेका थिए । उनीहरुले नागमणिको मुल्य २ करोड तोकेका थिए।
ती मणिका ब्यापारीहरु दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहरा हुन् । उनीहरुले नागमणिको विश्वासमा पारेर दाङ घोराही उपमहानगरपालिका वडा नं १७ का माधवप्रसाद घिमिरेबाट एक करोड ८९ लाख ५० हजार रुपैया लिएका थिए।
अहिले एक करोड ८९ लाख ५० हजार ठगी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके प्रहरीको टोलीले यी तीन जनालाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ बाट चालिस लाख रुपैयासहित पक्राउ गरेको जनाएको छ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार, तीन जनाले घिमिरेलाई मणिको धार्मिक महत्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुने, घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयु लामो हुने, घरपरिवारमा सुखशान्ति, सम्बृद्धि हुने भन्दै प्रलोभनमा पारेका थिए।
यस्तो किसिमको कुनै मणि भएको अहिलेसम्म प्रमाणित नभएकाले यस्तो भ्रममा नपर्न यसबारेका विज्ञ आग्रह समेत गरेका छन्। बाँके प्रहरीले मंगलबार योलगायतका ५ वटा घटना सार्वजनिक गरेको छ । यो सांकेतिक तस्वीर मात्र हो।