Tue. May 11th, 2021

Ujyaalo Patrika

Daily News

अनौठो : ६१ वर्षीय हजुरआमाले जन्माइन् आफ्नै नातिनी

1 min read

दुनियामा बिभिन्न अनौठो खालको घटनाहरु सार्वजनिक भईरहेका हुन्छन् । यस्तै खालका अनौठो घटनाहरु भर्खरै अमेरीका बाट सार्वजनिक भएको छ । जुन कुरा पछिल्लो समय सामाजीक सञ्जालमा भाईरल भईरहेको छ । अमेरिकामा एक हजुरआमाले आफ्नै नातिनी जन्माकी छन् ।

अमेरिकाको नेब्रेस्कामा ६१ वर्षीय सेसेल एलेड्जले आफ्नो समलिङ्गी छोरा र उनको श्रीमान्को सरोगेट आमा बन्दै आफ्नै नातिनी जन्माएकी हुन्। एलेड्जले नौ महिना पेटमा हुर्काएर छोरा म्याथ्यु र इलिएट डोथ्रीका लागि गत हप्ता उमा लुइस नातिनीलाई जन्म दिएकी बीबीसीमा उल्लेख छ।

छोरा र उनको श्रीमान्ले परिवार सुरु गर्न चाहेपछि एलेड्जले बच्चा जन्माइदिने प्रस्ताव राखेको बताइन्। जब छोरा एलेड्ज र डोथ्रीले बच्चाका लागि उपायहरू खोज्न थाले तब एक चिकित्सकले आमाको प्रस्ताव ठिक हुने बताए पछि केही परीक्षणहरू गरियो र एलेड्जलाई सोरोगेट आमा बन्न बाटो खुल्यो।

उनका लागि छोराले वीर्य र छोराको श्रीमान्को बहिनीले डिम्ब दान गरेको बताइएको छ। यस बिषयलाई लिएर सुरूमा सबैले हाँसोमा उडाए,को एलेड्जले बीबीसीलाई बताएकी जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.