आकाशबाट छाना छेडेर झरेको सामग्रीले बनायो रातारात करोडपति
1 min read
इण्डोनेशिया को उत्तरी सुमात्राको कोलांग निवासी ३३ बर्षिय जोसुआ हुतागलुंगको घरमा आकाशबाट खसेको एउटै चिजले उनलाई करोडपति बनाइदियो । खासमा जोसुआको घरमा एउटा ठुलो उल्कापिण्ड खसेको थियो । जसबाट उनले झण्डै १६ करोड पाएका छन् ।
उक्त उल्कापिण्डको वजन करीब २.१ किलोग्राम रहेको छ । जो करीब साढे ४ अर्ब पुरानो दुर्लभ उल्कापिण्ड हो । यो खस्दा उनको घरको छाना प्वाल परेको छ । जोसुआ जमीनमा भासिएको उल्का पिण्डलाई खनेर निकालेका थिए ।