Thu. Aug 5th, 2021

Ujyaalo Patrika

Daily News

नेपालमै लाग्छ यस्तो अ,श्लील मेला, जहाँ २४ घण्टासम्म यौ,नका बारेमा बोल्न पाइन्छ

1 min read

अधिकांश मेला महोत्सवमा अ,श्ली,ल शब्द बोल्यो कि प्रहरीले खोरमा लैजान्छ। अ,श्ली,ल र अभद्र व्यवहार रोक्न आयोजक र प्रशासनले ठूलै संख्यामा प्रहरी र स्वयंसेवक खटाउँछन्।

तर, बागलुङको पश्चिम निसीखोला गाउँपालिका–६, भल्कोटमा बर्सेनि एउटा अनौठो मेला लाग्छ। त्यो मेलामा यौ, नका बारेमा जसलाई जे बोल्न मन लाग्यो, त्यही बोल्ने छुट हुन्छ।

युवादेखि बूढापाका पनि अरू बेला गाउँ समाजमा अपाच्य हुने शब्द बोल्दै गाउँ डुल्छन्। मगर र दलित समुदायले सगोलमा मनाउने यो मेला समय र व्यवस्था बदलिए पनि पुरानै स्वरूपमा जीवित छ। यसरी छाडा रूपमा बोल्न समय भने निश्चित अवधिको हुने स्थानीय तिलाचन युवा क्लबका अध्यक्ष सञ्जु थापाले बताए।

‘यो हाम्रो पुर्खादेखि चल्दै आएको चलन हो’, थापाले भने, ‘पहिले माघ ५ मा हुन्थ्यो, पछिल्ला वर्षमा भने १ गते माघी खाएर माघ २ गते दिउँसो ४ बजेदेखि ३ गते अपराह्न ४ बजे (२४ घण्टा) पुतली नसेलाएसम्म अ,श्ली,ल शब्द बोल्न छुट हुन्छ।’

परिवार, आफन्त, गाउँसमाजका महिला पनि मेलामा सरिक हुन्छन्। सुन्नै अप्ठ्यारो लाग्ने यौ, नसम्बन्धी शब्द बाजाको तालमा, ठैबराको लयमा भाका हाल्दै बोलिरहन्छन्। कोही गाउँछन्, कोही तरुनी नजिक गएर नाच्छन्। तर, स्थानीय महिलामा कत्ति पनि अप्ठ्यारो र हिच्किचाहट देखिँदैन। यस्तो लाग्छ, स्थानीय युवती, महिलाले यसलाई आफ्नो संस्कारका रूपमा पचाइसकेका छन्।

पहिलो पटक बाहिरबाट गएकाहरू भने रातोपिरो हुन्छन्, जिब्रो टोक्छन्, लाजले मुख छोप्छन्। यो मेला भर्न बागलुङका साथै छिमेकी रुकुम, रोल्पालगायतका स्थानबाट पनि ठूलो संख्यामा मानिस आउँछन्।

किन बोल्छन् त अ,श्ली,ल ? स्थानीय अगुवा नैनसिंह बुढामगर भन्छन्, ‘यसको कथा पुराना वीरमाना राजा–रानीसँग जोडिएको छ। हामी यो मेला निरन्तर मनाउँदै आएका छौं।’ मेलामा राजा वीरमानको सैन्य प्रतीकका रूपमा पुतली नाच नचाइन्छ।

राजाको सम्झनामा प्रत्येक वर्ष पुतली नचाउँदा घरपरिवार र गाउँमा सुख, शान्ति मिल्ने र बालीनालीसमेत राम्रो हुने जनविश्वास छ। त्यही नाचका बेला राजाले आफ्ना अनुशासनमा रहेका सैनिकलाई रमाइलो गरेर खुसियाली मनाउन निश्चित समय सबै कुरा बोल्ने छुट दिएको कथनसँग अ,श्ली,ल बोल्ने विषय जोडिएको हुनसक्ने बुढाले बताए।

अब त अ,श्ली,लता हटाउने कि भन्ने प्रश्नमा निसीखोला–६ का कार्यवाहक वडाध्यक्ष हेमबहादुर बुढामगरले परम्परा नतोड्ने बताए।

‘हामीले पनि अहिलेको समाजमा यो अलि अस्वाभाविक भयो, हटाउने कि भन्ने हिसाबले छलफल गर्‍यौं’, बुढाले भने, ‘आफ्ना पुर्खाहरूले चलाएको रीतिथिति, संस्कार हो, यसमा नयाँ पनि नथप्ने र पुरानो पनि नछोड्ने भन्ने निष्कर्ष निकालियो। अब यसकै संरक्षण सम्बद्र्धन गरेर अघि बढ्ने सोचमा छौं।’

पुतली नाच अंग्रेजहरूसँग लडाइँ जितेपछि विजयोत्सव मनाउने क्रममा थालिएको स्थानीयवासीको भनाइ छ। राजारानीको मूर्तिजस्तै माटोको पुतली बनाइने, पुतलीको स्वरूपमा रंगीविरंगी भेषभूषामा पुतली बनेर पुरानो जमानामा हुने सैन्य शैलीको हातमा तरबार, भाला, खुँडा लिएर ढालसहित नाच्ने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.