Tue. Mar 9th, 2021

Ujyaalo Patrika

Daily News

संसारकै सबैभन्दा ठूलो हिन्दु मन्दीर,कम्बोडियामा : साउनमा गरिन्छ विषेश पुजा

1 min read

कम्बोडियमा रहेकोे संसारकै सबैभन्दा महत्वपूर्ण मन्दिर साउन महिनाको लागि अति नै महत्वपूर्ण रहेको छ । यो कम्बोडियाको मिकांग नदिको किनारमा रहेको सिमरिप शहरमा छ ।

सयौ वर्ग माइलमा फैलिएको यस मन्दिर क्षेत्रमा भगवान शिव तथा विष्णु को बिशाल मन्दिरहरु रहेका छन् । यो महिना शिवको महिमा भएकाले अधिक मानिसहरु दर्शन गर्न पुग्दछन् ।

मन्दिर खमेर वास्तुकला को उच्च परम्परागत शैलीको शिखरमा रहेको छ। कम्बोडियाको राष्ट्रध्वजमा समेत यस मन्दिरको प्रतिकलाई राखिएको छ । अंकोरवाट मन्दिर मेरु पर्वतको प्रतिक समेत मान्ने गरिन्छ ।

वार्षिक लाखौको संख्यामा पर्यटकले यस मन्दिरको भ्रमण गर्ने गर्दछन । विश्वकै सबैभन्दा लोकप्रिय पर्यटन स्थाल मध्य एक यस मन्दिरलाइ युनेस्कोले बिश्व सम्पदा सुचिमा राखेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.