Tue. Sep 28th, 2021

Ujyaalo Patrika

Daily News

किन यति प्रिय भए पल शाह ?

1 min read

काठमाडौ । कोरोना भाइरसको महामारीले कैयौं कलाकारको जीवनमा प्रभाव पारेको छ । लामो समयदेखि कामविहीन हुँदा कलाकारको दैनिक जीवनमा समेत प्रभाव परेको छ । लकडाउन खुकुलो भएसँगै कलाकारहरु एकपछि अर्को म्युजिक भिडियोमा देखा पर्न थाले । विशेषगरी लकडाउनपछिको समयमा सबैको मनमा बस्न सफल मोडेल पल शाह म्युजिक भिडियोहरुमा निकै नै व्यस्त देखिएका छन् ।

पल शाहसंगै पुष्प खड्का, वर्षा शिवाकोटी, नाजिर हुसेन, आकाश खड्का लगायतका कलाकारहरु पनि पछिल्लो समयमा आफुलाई म्युजिक भिडियोमा नै व्यस्त बनाई रहेका छन् । त्यसो त राजेश हमालले अभिनय गरेका म्युजिक भिडियो पनि रिलिज भए । चर्चित कलाकारलाई म्युजिक भिडियोमा लिँदा म्युजिक भिडियोको समेत हाइप बढ्ने भएपछि म्युजिक भिडियो निर्माताले पनि कलाकारलाई लिन कुनै अप्ठेरो भएन ।

पछिल्लो समय कलाकार तथा मोडल पल शाहले अभिनय गरेका म्युजिक भिडियो सबैभन्दा बढी रिलिज गरिएका छन् । म्युजिक भिडियोमा महंगो पारिश्रमिक लिने कलाकार पनि उनै हुन् । योसँगै नाजिर हुसेन, आकाश श्रेष्ठ, पुष्प खड्का लगायत पनि म्युजिक भिडियोमा जमेका छन् । यस्तै वर्षा शिवाकोटी, आँचल शर्मा, केकी अधिकारी लगायतका चर्चित कलाकारहरु पनि म्युजिक भिडियोमा देखिएका छन् ।

त्यसो त पछिल्लो समय फिल्म निर्माणको घोषणा पनि हुन थालेको छ । केही फिल्मको धमाधम छायांकन भइरहेको छ । यता कोरोना भाइरसका कारण ठप्प भएको फिल्म क्षेत्र चलायमान हुन अझै केही समय लाग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.