Mon. Aug 2nd, 2021

Ujyaalo Patrika

Daily News

भर्खर विवाह गरेका यती कलिला दम्पत्तीको यस्तो खतरनाक धन्दा . . .

1 min read

काठमाडौ । भर्खर विवाह गरेका कलिला दम्पत्ती नै गैर कानुनी धन्दामा लागेको भेटिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ब्रा’उ’न सुगर जस्तो शंकास्पद ला’गु औषध सहित मेचीनगर १ बाहुनडाँगीका २१ वर्षीय सुजन राजपूत र उनकी श्रीमती १८ वर्षीया पूजा राजपूत मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायवउपरीक्षक राकेश थापका अनुसार उनीहरुको साथबाट १० ग्राम लिसाईलो बस्तु फेला परेको र थप अनुसन्धान जारी रहेको छ । उनीहरु मेचीनगर १३ चारआलीबाट पक्राउ परेका हुन् । यति सानो उमेरका युवा युवती गैर कानुनी काममा लागेको देखेर प्रहरी पनि छक्क परेका थिए ।

लिसाईलो बस्तुको बढ्दो कारोवार : परम्परागत ब्रा’उ’न सुगरको साटो झापामा केही समययता लिसाईलो शंकास्पद बस्तुको कारोवार बढेको छ ।

राजपूत दम्पतीबाट मात्र होईन अन्य व्यक्तिहरुबाट पनि यस प्रकारको बस्तु फेला परेपछि प्रहरीले थप अनुसन्धान थालेको छ । प्रवक्ता थापाका अनुसार झापाकै बुद्धीशान्ति ३ बाट पनि यस्तै शंकास्पद वस्तु सहित विभिन्न व्यक्ति पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.