Sun. Jun 13th, 2021

Ujyaalo Patrika

Daily News

काठमाण्डौंमा चिया खानेलाई रक्सीको बिलः तिर्न अस्वीकार गरे पछि रेष्टुरेन्टकी युवतीले यसरी कु,टे ग्राहकलाई (भिडियो सहित )

1 min read

काठमाण्डौं । के तपाई चिया खाएर रक्सीको बिल तिर्न तयार हुनुहुन्छ ? पक्कै हुनुहुन्न शायद । तर गौशालाको रातोपुलपटिको ओरालोमा रहेको एक रेन्टुरेन्ट एण्ड बारले भक्तपुरका एक पुरुषलाई हट लेमन ( चिया ) र एउटा चुरोट खाएको बिल सात सय बढी थमायो । यो घटना मंसीर २५ गते दिउसोको हो । तीन जना महिला मात्र देखिएका सो बारले बिल नतिरि उनलाई बाहिर जान दिएन । चिया र चुरोट खाएर रक्सीको बिल थमाएर तिर्न नमान्दा कुटाई खाने युवा हुन् सिन्धुपालचोक घर भई हाल भक्तपुर बस्दै आएका दिपक श्रेष्ठ । उनका अनुसार नतिर्ने अडान राखे पछि तीन महिला मिलेर उनलाई कुटपिट शुरु गरे ।

एक सय रुपैयाको एक कप चिया र एउटै चुरोटको ४० रुपैया तिर्न तयार हुँदा पनि खादै नखाएको रक्सी र जुसको थपेर ७ सय ४० को बिल थमाए पछि दिपकले तिर्न नमानेर प्रतिवाद गरे पछि उनीमाथि कुचै कुचो र लात्तीले तीन युवती मिलेर कुटपिट गरेको उनले बाहिर सबै मान्छेका अगाडी बोलेका थिए ।

उनीमाथि कुटपिट र लछारपछार गर्दै गरेको सडकमा हिडिरहेका बटुवाले देखेपछि उनलाई जोगाए । त्यसपछि मात्रै चिया र चुरोट खाएका युवालाई रक्सि लगायतका अन्य खानेकुराको बिल जोडेर पैसा असुल गरेको रहश्य खुल्यो । त्यहा भेला भएका सबैले बिरोध गरेपछि एक युवती बाहिर आएर पाँच सय रुपैया फिर्ता गरेर बिल खोस्ने प्रयास् गरिन् तर उनलाई ती युवाले बिल दिएनन् ।

त्यस पछि ती युवा को पक्षमा बोल्दै त्यहाँ जम्मा भएको भिडले प्रहरीलाई खबर गर्यो । गौशाला चोकबाट रोतोपुल आउने तर्फ चोक छेउमै ओरालोमा बीच सडकमा नै भएको घटना भएको देखेपछि एक पत्रकारले भिडियो खिचेका थिए । भिडियो खिचिरहेका पत्रकारको समेत मोबाईल खोस्न एक रातो ज्याकेट लगाउने बारकी युवती आएकी थिईन् तर अरुले बिरोध गरे पछि उनले मोबाईलको भिडियो डिलिट गर्न पाईनन् ।

गौशाला बृत्तको छेउमा भएको घटनामा निकै ढिला गरेर रातोपुल प्रहरी बिटका एकजना प्रहरी आए ।प्रहरीलाई देखेपछि पिडित युवा र प्रत्यक्षदर्शीले घटनाबारे बताउन खोज्दा प्रहरीले पनि खासै चासो दिएन । दोशीलाई नियन्त्रणमा लिनुपर्ने आवाज निरन्तर सडकमै चर्को रुपमा उठिरहेपछि अन्तत प्रहरी भ्यान आयो । र कुटाई खाने युवालाई नै भ्यानमा राखेर गौशाला बृत्त लग्यो ।

स्थानीयले प्रहरीले ती कुटपिट गर्ने महिलालाई भगाएको दाबी गरेको भिडियोमा देख्न सकिन्छ । प्रहरी भ्यान आउनु अघि प्रहरीकै अगाडि पत्रकारको मोवाईल खोस्ने तीनै युवतिले भिडियो किन खिचेको भन्दै धम्क्याईरहेकी थिईन् ।पत्रकारले त्यो दृश्य क्यामेरामा कैद गरिरहेको देखेपछि प्रहरी उक्त भिडबाट निस्कीएर साईड लागे ।

पछि महिला प्रहरी सहितको प्रहरी टोली आउदा रेस्टुरेन्ट खाली थियो । यूवतीहरु भागिसकेका थिए ।त्यसअघि ती युवतिले केहिबेर भिडभन्दा अलि पर गएर प्रहरीसँग कुरा समेत गरको प्रत्यक्षदशीले बताए । तर पछि प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको थियो ।उक्त रेस्टुरेन्टको नाम पनि छैन । कुनै बोर्ड नै नराखि सन्चालन भईरहेको छ ।

उपत्यकाका विभिन्न ठाँउमा देखिने रेष्टुरेन्ट एण्ड बारका नाममा रहेका यस्ता हेर्दा होटल जस्ता देखिने तर भित्र अरुनै तरीकाले ग्राहकका पैसा असुल्ने ध्याउन्न रहेको र कतिपयमा अनैतिक कृयाकलाप समेत हुने गरेको गुनासो आउने गरेको छ ।

भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.