Tue. Sep 28th, 2021

Ujyaalo Patrika

Daily News

चर्चित हास्यकलाकार मनोज गजुरेल र नायिका बर्षा सिवाकोटी विवाह गर्दै

1 min read

काठमाडौ। चर्चित हास्यकलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने तयारी गरेका छन् । केही वर्षअघि गजुरेलले पूर्वपत्नी मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । उनले आफ्नो २२ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका थिए।

गजुरेललले अर्को वर्षको कुनै महिना बिहे गर्न सकिने संकेत दिएका हुन् । उनले कोसँग बिहे गर्ने भन्ने पक्का भइसकेको र व्यवहारिक कुरा मिलाउन बाँकी रहेको बताएका छन् । मनोजले आफूले दोस्रो बिहे गर्न लागेको कुरा सार्वजनिक रुपमा बताएपछि पूर्वपत्नी मिनाले उनीमाथि नानाथरीका आरोप लगाउन थालेकी छन्।

यता चलचित्र ‘नाईं नभन्नू ल २’ बाट नेपाली चलचित्रमा आफ्नो अभिनय यात्रा बढाएकी चर्चित नायिका वर्षा सिवाकोटीले पनि अबको दुई वर्षभित्र विवाह गर्ने भएकी छिन्।

उनले प्रेमी सविनजंग थापासँगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी हुन् । गत वर्ष अमेरिका भ्रमणमा रहँदा उनी सविनको प्रेममा रहेको चर्चा चलेको थियो। यसपाली दशैंको टिका थापेर पारिवारिक भेटघाटका लागि अमेरिका जाँदा उनले सामाजिक सञ्जालको माध्यमबाट सविनसँगको प्रेम व्यक्त गरेकी हुन्।

सविन र वर्षाको आफन्तको माध्यमबाट चिनजान भएको थियो । त्यसपछि उनीहरु एकअर्कासँग नजिक भएका थिए। उनले तत्काल विवाह गर्ने सोच नभएको बताएकी छिन् । तर, अबको २ वर्षभित्र विवाह बन्धनमा बाँधिने तयारी रहेको उनले बताइन् ।

अमेरिकाबाट फर्किएपछि उनि नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परदेशी २’ को छायांकनमा व्यस्त भैरहेकी छिन् । लकडाउनले गर्दा यो चलचित्रको छायांकन ८ महिनादेखि रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.