नायिका तथा मोडल एलिशा राईका मनै लोभ्याउने सुन्दर,हट (३५ फोटोफिचर)
1 min read
नायिका तथा मोडल एलिसा राईले लघु चलचित्र हुँदै सिनेमा र म्युजिक भिडियोमा पाइला चालिन् । फिल्म ‘लूट २’ को ठमेल बजार गीतले उनलाई एकाएक चर्चामा ल्याइदियो । रातारात एलिसाको डिमान्ड बढ्न थाल्यो । त्यसपछि एलिसाले पछाडि फर्केर हेर्नुपरेको छैन ।
फिल्ममा खासै नदेखिए पनि एलिसा म्युजिक भिडियोमा भने खुबै छाएकी छिन् । पछिल्लो समय उनले अभिनय गरेको गीत ‘यो कुरा गोप्य’ दर्शकले खुबै मन पराएका थिए ।
अभिनयका हिसाबले पनि एलिसाको चर्चा हुने गर्छ । उनले फिल्म ‘लूट’ मा निभाएको भूमिकाको पनि चर्चा भएको थियो । सामाजिक सञ्जालमा एलिसाको उपस्थिति राम्रै रहने गर्छ । म्युजिक भिडियोमा त उनी जमेकी नै छिन् ।
कतिपय फ्यानले भने एलिसालाई किन फिल्ममा अभिनय नगरेको भनेर सोध्ने गर्छन् । मिडियामा भने एलिसा खासै देखिँदैनन् । उनी काममै बढी व्यस्त रहन्छिन् ।
क्युट एलिसाका केही तस्वीर हामीले यहाँ राखेका छौँ:
फिल्म ‘लुट २’को ‘ठमेल बजार…’ बोलको आइटम गीतको भिडियो जब सार्बजनिक भयो, मोडल एलिशा राईको चर्चा चुलियो। युट्युबमा लाखौ भ्युअर्स संख्या बटुलेको गीतमा दयाहाङ राईसँग उनले कम्मर मर्काएकि छिन्। गीतमा उनले गरेको नृत्यका कारण चर्चा चुलिएको हो।
खोटाङमा जन्मिएकी उनी हाल काठमाडौँ, कपनमा बस्छिन्। ठमेल बजार… गीतले चर्चा बटुलेपछि अरू धेरै अफरहरु आउन थालेको छ उनलाई। एलिशाले पाँच दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन। भूमिका हेरेर अरू फिल्महरुमा पनि काम गर्नेे इच्छा छ उनको।
हेर्नुहोस् तस्विरमा एलिशा राई । फोटोग्राफर विनोद विष्टले खिचेका यी तस्विरहरु