Tue. Sep 28th, 2021

Ujyaalo Patrika

Daily News

गाउ घरमै च्याउ खेति गरेर कमाउनुहोस लाखौ ! च्याउ खेति कसरि गर्ने जान्नुहोस !

1 min read

च्याउ खाने मानिसहरू बढेसँगै यसको व्यवसाय पनि बढिरहेको छ। खेती गर्नलाई धेरै ठुलो ठाँउ पनि नचाहिने तथा बेच्नलाई सजिलो भएकाले यसप्रतिको आकर्षण बढेको हो। के यसलाई घरमै बसेर खेती गर्न सकिएला? त्यसो भए के कस्ता कुराहरू नजानी हुँदैन? यो लेखमा हामी यस्तै प्रश्नहरूको जवाफ खोज्नेछौँ।

च्याउको बीउ कसरी छान्ने?

घरमा खेती गर्नको लागि सबैभन्दा सजिलो च्याउ भनेको कन्ये च्याउ नै हो। नेपालमा विशेष गरी दुई जातका कन्ये च्याउ पाइन्छन्। ती हुन्: प्लुरोट साजोर- काजु र प्लुरोट ओइस्ट्राटस। आफूलाई उपयुक्त हुने बिउ छानेर लिन सकिन्छ। प्लुरोटस् साजोर- काजु जातको च्याउको खेती सामान्यतया ८००-१४०० मिटरको उचाइमा चैत्रदेखि कार्तिक महिनासम्म २०- ३०० सेन्टिग्रेड तापक्रममा गर्न सकिन्छ। ८०० मिटर भन्दा कम उचाइमा हो भने कार्तिक देखि माघ महिनासम्म २०-३०० सेन्टिग्रेड तापक्रममा गर्न सकिन्छ। यो २८० सेन्टिग्रेड तापक्रम पाउँदा पूर्ण अवस्थामा फल्छ। प्लुरोट ओइस्ट्राटस च्याउ हिउँदको मौसममा खेती गर्न राम्रो मानिन्छ। यसका लागि १५-२०० सेन्टिग्रेड तापक्रम राम्रो हुन्छ।

प्राय: जसो कन्ये च्याउ फल्ने औसत तापक्रम २३० सेन्टिग्रेड हो।

केके सामाग्रीहरू चाहिन्छ?

च्याउ खेति गर्नका लागि यी निम्न सामाग्रीहरू आवश्यक हुन्छन्:

प्लास्टिक ब्याग, प्लास्टिक सिट, छुरी/ हँसिया, चप्पर, डोरी, ड्रम, बाल्टिन, स्टोभ/ दाउरा/ चुलो, मट्टितेल, पराल, च्याउको बीउ, सिन्का/ तार, अल्कोहल/ स्प्रिट/ डिटोल, तराजु, मुखमा लगाउने मास्क, गमबुट, स्प्रेयर ट्याङ्क, विषादी, पी. एच. पेपर र थर्मोमिटर

सामान्यतया १ बोतल च्याउको बीउबाट १६ इन्च चौडाइ र २४ इन्च लम्बाइको प्लाष्टिकमा ३ देखि ४ वटा च्याउको डल्ला तयार गर्न सकिन्छ। १ बोतल च्याउको बीउका लागि करिब ५ के.जी नकाटेको परालको आवश्यकता पर्दछ।

खेती कसरी गर्ने?

कन्ये च्याउलाई केराको पात, मकैको खोया वा खोसेल्टा र धानको परालमा खेती गर्न सकिन्छ। सबै ठाउँमा पाउन सजिलो भएकाले धेरैले पराल प्रयोग गर्छन्। विशेषगरी मुठे पराल राम्रो मानिन्छ। सफा पराल छानेर २ देखि २.५ इन्चको टुक्रा पारी काट्नु पर्दछ। त्यसपछि २ देखि ३ घण्टासम्म पानीमा भिजाउनुपर्छ र सफा पानी आउने गरी धुनुपर्छ। र पानी तर्काउनका लागि बोरा वा प्लाष्टिकमा खाँदेर वा टिनमाथि राख्नुपर्छ।

परालमा रहेका आँखाले देख्न नसकिने अन्य जङ्गली तथा रोगी ढुसी, जीवाणु वा किराहरू मार्नका लागि निर्मलीकरण गर्नुपर्छ। निर्मलीकरण गर्न ड्रम, जाली र ठुलो प्लाष्टिक चाहिन्छ। ड्रममा जाली भन्दा केही तलसम्म पानी राखेर पानी तर्किएको पराल जाली माथि राख्दै जानुपर्छ। पराल ड्रमको माथिल्लो भागसम्म पुगेपछि प्लाष्टिकले ड्रमको मुख टम्म पारेर बाँध्नुपर्छ। त्यसपछि ड्रमलाई चुलोमा राखेर बाल्दै जानु पर्छ। आगो बालेको आधा घण्टा देखि डेढ घण्टापछि मुखमा बाँधेको प्लाष्टिक बाफले माथि उठ्छ। त्यसपछि प्लाष्टिकबाट बाफ फाल्न बिचमा सानो प्वाल पार्नुपर्छ।

बफ्याइएको पराललाई सफा प्लाष्टिक वा त्रिपालमा राखेर मनतातो हुनेगरि सेलाउनुुपर्छ र प्लाष्टिक ब्यागमा राख्नुपर्छ। जाडोमा ठुलो साइज अर्थात् २० इन्च चौडाइ र ३० इन्च लम्बाइको प्लाष्टिकमा र गर्मी समयमा सानो साइज अर्थात् १६ इन्च चौडाइ र २४ इन्च लम्बाइको प्लाष्टिकमा च्याउको डल्ला बनाउनु पर्दछ। तर पराल भर्नु भन्दा अगाडी प्लाष्टिक ब्यागको बन्द भागलाई मुजा पारी बलियोसँग बाँध्नुपर्दछ।

प्लाष्टिकमा पराल लगाउनु अघि काठको छेस्को, कचौरा, हात, प्लाष्टिकको थैला, हँसिया आदि प्रयोग गरिने सामाग्री तथा उपकरणहरूलाई स्प्रिट, डिटोल, अल्कोहल आदिले राम्रोसँग पुछेर सफा गर्नुपर्दछ।

प्रत्येक थैलोमा पराल राख्दै थिच्दै हरेक ४ इन्चमा च्याउको बीउ छरेर टम्म भर्नु पर्छ र पराललाई गोलो बनाइ बाहिरबाट घुमाइ घुमाइ थिच्नुपर्छ। यसरी यो प्रक्रिया सकिएपछि सबैभन्दा माथि पनि केही बीउ छरिदिने र प्लाष्टिकको मुख कसिने गरी बाँध्नु पर्छ। प्लाष्टिकको डल्लो जति खँदिलो भयो त्यति नै च्याउको उत्पादन राम्रो हुन्छ। डल्ला तयार भएपछि डल्लाको चारै तीर सफा सिन्कोले बिउको रेखाभन्दा तलमाथि प्वाल पार्नुपर्दछ। यसो गर्दा हावाको सञ्चालन प्रक्रियामा सजिलो हुन्छ। यी डल्लाहरूलाई एकै ठाउँमा राख्दा एकअर्कामा नछुने गरी कम्तीमा एक बित्ता वा २ देखि ३ इन्च टाढा इट्टा, फलेक वा ढुङ्गामाथि राख्नुपर्छ। कोठा सानो भएमा डल्लाहरूलाई झुन्डाएर राख्न पनि सकिन्छ। यिनीहरूलाई २५ देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम भएको घाम नपर्ने अँध्यारो कोठामा राखेर झ्याल ढोका बन्द गर्नुपर्छ। ३/४ दिनको अन्तरमा पटक-पटक निरीक्षण गर्दै पुन: बन्द गर्नुपर्दछ।

गर्मी महिनामा ढुसीको विकास हुन २१ दिनसम्म राख्नु पर्छ भने जाडो महिनामा २८ दिनसम्म लग्न सक्छ। डल्लाहरूमा पूर्ण रूपमा ढुसी फैलिइसकेपछि प्लाष्टिकलाई सफा ब्लेड वा कैँचीले काटेर निकालीदिनुपर्छ। प्लाष्टिक निकालिएको ४ देखि ६ घण्टा पछि स्प्रेयरको सहायताले डल्लाको चारैतिर पर्नेगरि भिजाउनुपर्छ। यसरी दिनको दुई पटक वा आवश्यकता अनुसार पानी दिन सकिन्छ। यी डल्लाहरूलाई २० देखि ३० सेन्टिग्रेडको तापक्रम भएको हावा खेल्ने ठाउँमा राख्नुपर्छ।

प्लाष्टिक खोलेको करिब एक हप्ता पछि च्याउ टिप्नका लागि तयार हुन्छ। च्याउ टिप्दा हातले च्याउको फेदमा समाएर पराल नआउने गरी घुमाएर टिप्नुपर्छ। टिप्दा एकैपल्ट डल्लाका सबै च्याउ टिप्नुपर्छ। टिपीसकेपछि डल्लाहरूलाई चारै तिर माडेर त्यहाँ भएका स-साना च्याउका झुस फ्याँक्नुपर्छ र बेस्सरी माथिबाट थिच्नुपर्छ। यसरी थिचीसकेपछि यी डल्लाहरूबाट ७ देखि १० दिनको फरकमा पुन: च्याउ फल्दछ। यसप्रकारको एउटा डल्लाबाट ३ पटकसम्म राम्रो उत्पादन लिन सकिन्छ। ३ पटकसम्म च्याउ टिपीसकेपछि डल्लालाई २-३ तहमा च्यातेर थिचेर राखेमा फेरी उत्पादन लिन सकिन्छ।

च्याउ उम्रीसकेपछि बाँकी रहेका डल्लालाई गाई/भैँसीलाई खुवाएर वा सोझै कम्पोष्ट खाडलमा गाडेर मल बनाउन सकिन्छ।

हेरचाह कसरी गर्ने?

कोठा धेरै चिसो छ भने झिँगा वा भुसुना आउने सम्भावना बढी हुन्छ। यस्तो बेलामा डल्लाहरूलाई प्लाष्टिक वा पातलो कपडाले छोप्न सकिन्छ। त्यस्तै च्याउ राखिएको ठाउँ बेलाबेलामा सफा गरिराख्नुपर्छ। च्याउको डल्लालाई च्याउ नफलेको बेलामा घाममा सुकाउनुपर्छ।
डल्लालाई नियमित जाँच गरी हरियो कालो ढुसी आएमा उक्त भागलाई स्प्रिटले सफा गरेको चक्कुले काटेर सो ठाउँमा पनि स्प्रीट लगाउनु पर्दछ। त्यस्तै डल्लाहरूलाई मुसाबाट पनि बचाउनुपर्छ।
डल्लामा कालो खालको जङ्गली च्याउ “कोप्रिनस कोमाटस”आएको देख्न सकिन्छ। यसको व्यवस्थापनका लागि डल्लामा कालो खालको च्याउ देखिने बित्तिकै टिपेर टाढा फाल्नु पर्दछ वा गाड्नु पर्दछ र उक्त च्याउ उम्रिएको भागमा स्प्रिटले सफा गर्नु पर्छ।
कोठामा कार्बनडाइअक्साइडको मात्रा बढी भएमा वा कोठामा राम्रोसँग प्रकाश वा हावा सञ्चालन भएन भने च्याउको डाँठ लामो, मोटो र बाङ्गो भएर च्याउ बिग्रिन सक्छ। त्यस कारण कोठाको व्यवस्था गर्दा दोहोरो हावा सञ्चालन हुने गरी व्यवस्था गर्नुपर्छ।
डल्ला सुख्खा भएमा, कोठामा हावाको सञ्चालन नभएमा, धेरै गर्मी वा चिसो भएमा, पुरानो बीउ भएमा, गुणस्तरको पराल नभएमा राम्रोसँग ढुसी आउँदैन र डल्लामा च्याउ ढिलो आउँछ र कम फल्छ। त्यस कारण तापक्रम, बीउ र परालको गुणस्तरमा विशेष ध्यान दिनुपर्छ।
कस्तो छ यसको बजार?

च्याउ उत्पादन गर्ने कृषकहरूले समूह वा सहकारीमार्फत सञ्चालन भएमा बिक्री वितरण क्रममा समस्या पर्दैन र सजिलैसँग राम्रो बजार भाउ पाउन सकिन्छ।
बजार व्यवस्था नभएका ठाउँमा च्याउको प्रशोधन गरी ग्रेडिङ् गरेर प्याक गर्नुपर्दछ। प्याक स्-साना बनाउनुपर्छ। यसबाट बिक्री गर्न सजिलो हुन्छ। च्याउलाई बिचबाट च्यातेर माला उनेर छायाँ भएको ठाउँमा सुकाउनु पर्छ, जसलाई च्याउको सुकुटी भनिन्छ।
प्याकेजिङ्ग गर्दा पारदर्शी प्लाष्टिकलो झोलामा २५० ग्रामको दरले पोको बनाइ मूल्य तथा राम्रो लेबल राखेर बेच्ने व्यवस्था मिलाउनु पर्छ।
च्याउलाई नाजिकैलो बजार, होटेल तथा रेस्टुरेन्टमा लगेर बेच्न सकिन्छ।
बजारको समस्या भएमा धेरै मान्छेहरू आउने जाने ठाउँ जस्तै मेला, मालपोत कार्यालय, जिल्ला विकास समिति जस्ता ठाउँहरूमा पम्प्लेट वा पोस्टरहरू टाँसेर प्रचार-प्रसार गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.