Tue. Sep 28th, 2021

Ujyaalo Patrika

Daily News

पल्सर २२० मा ट्याकटरको टायर

1 min read

काठमाडौं। भारतमा एकजना राइडरले आफ्नो पल्सर बाइकमा ट्याक्टर टायर राखेर कस्टमाइज गरेका छन् । पल्सर २२० को अगाडी चक्कामा ट्याक्टर टायर राखेर उनले कस्टमाइज गरेका हुन्।

कस्टमाइज गरिएको उक्त बाइकलाई ती राइडरले पिच र कच्ची दुबै सडकमा सहजताका साथ चलाएका छन् । यसरी बाइक चलाउँदा कुनै अफ्ठ्यारो महशुस नभएको समेत उनले बताएका छन्।

ठूलो आकारको टायर राख्न उनले सस्पेन्सन सहितको फर्क हटाएका छन् भने ट्याक्टर टायरको पांग्राको समेत कस्टमाइज गरेका छन् । ठूलो आकारको टायरलाई सकेट बनाएर जडान गरिएको छ । सकेट बनाइएका कारण यसलाई राइडर आफूले चाहेको बखतमा सहजताका साथ हटाएर पुरानै टायर जडान गर्न सकिन्छ ।

यसरी कस्टमाइज गरिएको बाइकको अगाडी चक्कामा ब्रेक जडान गरिएको छैन भने यसको ग्राउन्ड क्लिरियन्स समेत अनाबश्क रुपमा बढी छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.