तल्लो जातको केटा लाई मन पराउदा : आफ्नै बुवा-आमाले छोरीको जलाएर ह, त्या
1 min read
तल्लो जातको केटासँग लागेको भन्दै आफ्नै बुवा-आमाले छोरीको जलाएर ह, त्या गरेको रहस्य बाहिर आएको छ। पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ८ रामनगरी गाँउमा गत कार्तिक २९ गते लक्ष्मीपूजाका दिन भएको आगलागीमा परी १५ वर्षीया बालिकाको म, त्यु भएको भनिएको घ, टनामा आमाबुवाले नै छोरीलाई घरभित्रै जलाएर ह, त्या गरेको रहस्य अहिले खुलेको हो ।
कात्र्तिक २९ गते लक्ष्मीपूजाका दिन रामनगरीमा राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृ, त्यु भएको थियो ।
आगलागी भएका दिन प्रहरीलाई घरमा आगलागी भयो भनेर मात्रै जानकारी दिइएको थियो । दमकलको सहयोगमा आगो निभाएपछि घरभित्र भने माना कुमारीको श, व जलेको अवस्थामा भेटिएको थियो ।
त्यसबेला बुवाआमाले माना निदाएकै अवस्थामा घरमा आगो लागेर जलेर मरेको भन्ने दाबी गरेका थिए । तर घ,टनास्थलमा अनुसन्धानका लागि पुगेका प्रहरी अधिकृतले घरमा लागेको आगो र श, वको प्रकृति हेरेपछि शं, का लागेर अनुसन्धान सुरु गरेका थिए ।
अनुसन्धानका क्रममा मानाको जलाएर हत्या गरिएको वास्तविकता पत्ता लागेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले बताए ।अनुसन्धानका क्रममा छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल रहेको र छोरीको उद्धारका लागि कसैले प्रयास नगरेको पत्ता लागेपछि प्रहरीलाई आशंका लागेर अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेको भनेर ह, त्या गरेको रहस्य खुलेको प्रहरी निरीक्षक थापाले बताए ।
मृ, तक बालिकाकी भाउजु मनिषा देवीले पनि नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताएकी थिइन् । हत्याकी आरोपित मध्येका लालमती देवीलाई प, क्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको ह, त्या गरेको आमा लालमतिले स्वीकारेको प्रहरीले जनाएको छ ।
लालमतीका श्रीमान मनाबोध अहिले फरार छन् । उनको नाममा पर्सा जिल्ला अदालतले प, क्राउ पुर्जी जारी गरिसकेको छ । लालमती देवीविरु, द्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मु, द्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।