Tue. Sep 28th, 2021

Ujyaalo Patrika

Daily News

तपाईँ बच्चा जन्माउने योजनामा हुनुहुन्छ : अनिवार्य थाहा पाउनुस् यी ५ कुरा

1 min read

काठमाण्डौ । अधिकाशं दम्पतीहरुमा पहिलो सन्तानको कति अन्तराल दोस्रो सन्तान जन्माउन भन्नेमा दोधार रहने गरेको छ । यस्तोमा एक मात्र सन्तान जन्माउनेहरुका कारण एकल बच्चाहरु साथीभाईसँग घुलमिल नहुने भएकाले उनीहरुमा समाज तथा परिवारसँग एकाकार हुन कठिन हुन्छ । त्यसैले निश्चित समयान्तरमा दोस्रो बच्चा जन्माउनु नै राम्रो हो । तर, दोस्रो पटक गर्भधारण गर्दा भने केहि कुरामा विशेष ध्यान दिनु पर्ने हुन्छ ।

उमेर ढल्किएपछि महिलाको गर्भवती भएमा सन्तान जन्माउनु निकै कष्टकर र जोखिमयुक्त हुन्छ । तसर्थ महिलाले ३५ बर्षपछि गर्भवती भएमा डेलिभरीको समयमा केहि कठिनाइ आउनुका साथै बच्चाको विकास पनि सहि ढंगले नहुन सक्छ । यस्तोमा ३५ बर्षपछिको उमेरमा गर्भवती हुनु खतरायुक्त हुनसक्ने भएकाले दोस्रो बच्चा जन्माउने योजना बनाउनेहरुले उमेरको पनि ख्याल गर्नुपर्छ ।

पहिलो बच्चा जन्मिए लगत्तै वा त्यसको लामो ग्यापमा समेत दोस्रो बच्चा जन्माउनु उपयुक्त हुँदैन । पहिलो बच्चा र दोस्रो बच्चाको उमेर अन्तर धेरै हुनुहुन्न । तसर्थ पहिलो सन्तान भएको २ बर्षपछि दोस्रो सन्तान जन्माउनु उपयुक्त हुन्छ । यदि दुई सन्तानबीच १७ महिनाभन्दा कम ग्याप भएमा प्रीमेच्योर वर्थको सम्भावना हुन्छ । साथै ५ बर्षपछि गर्भधारण नहुने संभावना बढि हुन्छ ।

२ बर्षपछिको अन्तरमा बच्चा भएमा बच्चाहरु एकअर्काको साथी बन्छन् । उनीहरुलाई हुर्काउन समस्या हुँदैन । उनीहरुलाई एक्लोपनले सताउने छैन । दुई सन्तान हुदाँ उनीहरुबीच आपसमा इष्र्याको भावना पैदा हुने गर्दछ । यस्तोमा उनीहरु आमाबुवाको व्यवहार देखि खेलौनासम्म बराबर अधिकार खोज्छन् । यदि बराबर पुर्याउन नसकेमा उनीहरु हठ गर्दछन् । तसर्थ यस्तोमा दुबैलाई समान ख्याल र व्यवहार गर्नुपर्छ ।

आर्थिकभार दोस्रो सन्तान जन्माउने योजनामा रहनु भएको छ भने आफ्नो आर्थिक परिस्थितिको ख्याल गर्नुहोला । दुई सन्तान भएपछि स्वतः आर्थिकभार बढ्दछ । साथै उनीहरुको पालन पोषणमा लगानी समेत थपिने गर्दछ । सल्लाह दोस्रो सन्तान जन्माउनेमा योजनामा रहदाँ दम्पतीबीच आपसी सल्लाह हुन आवश्यक हुन्छ । साथै यसकालागी परीपक्व साथी वा अभिभावकको परामर्श लिनु लाभदायक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.