श्रीमानले ननुहाएको भन्दै श्रीमतीले मागिन डि’भोर्स ! महिला आयोगमा उ’जुरी
1 min read
एक महिलाले श्रीमानले ननुहाउने गरेका कारण सम्बन्धविच्छेद मागेकी छन्। यो घ,ट,ना हो भारतको विहारस्थित वैशाली जिल्लाको।
२३ वर्षीय मनिष राम हरेक दिन ब्रश नगर्ने तथा ननुहाउने गरेकै कारण उनकी २० वर्षीया श्रीमती सोनी रामले सम्बन्धविच्छेद मागेकी हुन्। उनले विहारको महिला आयोगमा उजुरी समेत गरेकमी छन्।
आयोगले मनिष रामलाई आफ्नो बानी सुधार्नका लागि दुई महिनाको समय दिएको छ। दुई महिनासम्म पनि मनिषले बानी नसुधारे आयोगले उनीवि,रु,द्ध उचित कारबाही गर्ने चेतावनी दिएको छ।
मनीष पलम्बरको काम गर्छन्। ननुहाएकाले पतिको शरीरबाट गन्ध आउने गरेको आ,रो,प लगाउँदै उनले उ,जु,री दर्ता गरेकी थिइन्। मनिषसँग सन् २०१७ उनीहरुको विवाह थियो।
व्यवसायीक कालिज पालन
जुम्लामा कालिजपालन व्यवसाय शुरु गरिएको छ । पर्यटक प्रवद्र्धन, दीर्घकालीन व्यवसाय र उत्पादनका लागि गुठीचौर गाउँपालिका–४ बिगारे गाउँमा कालिजपालन शुरु गरिएको हो ।
जुम्लामै हजारौँ सङ्ख्यामा कालिजपालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र जङ्गली कालिजको चोरी सिकार कम गर्न व्यवसाय थालिएको सञ्चालक महाकृष्ण पाण्डेले बताए ।
उनका अनुसार महालक्ष्मी कालिज फार्म खोलेर व्यवसाय शुरु गरिएको छ । स्वदेशमै स्वरोजगार सिर्जना गरी देशको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ व्यवसाय शुरु गरिएको पाण्डेले बताए ।
हिमाली हावापानीमा पालिएको कालिज पोषणका हिसाबले पनि निकै उत्तम हुने पशुपक्षी विज्ञ बताउँछन् । यहाँको मासुको गुणस्तर तथा स्वादमा निकै फरक भएको ग्राहकले समेत भन्न थालेका बताइएको छ । भेटनरी तथा पशुपालन विकास कार्यालयका प्रमुख गोविन्द महतले यहाँको मासुको गुणस्तर तथा स्वादमा निकै फरक हुने बताए ।
एक हजार उत्पादनको लक्ष्य
जुम्लामै कालिजका चल्ला उत्पादन गर्ने लक्ष्यसाथ खोलिएको सो फार्म भविष्यमा रिसर्च सेन्टरका रूपमा समेत विकसित गर्ने तयारी रहेको छ । यसका साथै एक हजार बढी चल्ला उत्पादन गर्ने लक्ष्य लिइएको सञ्चालकले जनाएका छन् ।
तीन वर्षमा जुम्लालाई आवश्यकपर्ने कालिज उत्पादन गर्न सकिने सञ्चालकको दाबी छ । रु १५ लाख लगानी गरी फार्म खोलिएको हो । अहिले फार्ममा ४० पोथी र ११५ भाले कालिज रहेका छन् ।