पत्नीलाई घरकाे काम गराएबापत २ करोड क्षतिपूर्ति !
1 min read
एक व्यक्तिले आफ्नी पत्नीलाई २८ वर्षसम्म घरको काम गराएको क्षतिपूर्ति स्वरूप २ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने भएको छ।
पारपाचुके मुद्दामा अर्जेन्टीनाको एक स्थानीय अदालतले सुनुवाइको क्रममा यो आदेश दिएको हो। महिलाको आर्थिक सहारा नभएकाले यो धन पतिले उपलब्ध गराउनुपर्ने अदालतको जिकिर थियो।
उनीहरुको सन् १९८१ मा विवाह भएको थियो। पतिले जागिर खाने र पत्नीले घर सम्हाल्ने निर्णय लिएका थिए।
बिहेको २८ वर्षपछि सन् २००९ मा पतिपत्नी अलग्गिने निर्णय लिएका थिए।
हजारौँ वर्ष पुरानो भारतीय तलाउ, जब गुलाबी रंगमा बदलियो…
नयाँदिल्ली : भारतको महाराष्ट्रस्थित एउटा तलाउको पानी अचानक गुलाबी रंगमा बदलिएपछि स्थानीयहरु दंग परेका छन् ।
मुम्बइबाट ३ सय माइल पूर्वतिर पर्ने ‘लोनार लेक’अचानक गुलाबी रंगमा बदलिएको हो । जुन लेक ५० हजार वर्ष पुरानो भएको बताइन्छ । पछिल्लो केही सातादेखि यहाँ रंग बदलिन थालेको स्थानीय बताउँछन् ।
हरियो रंगमा रहेको उक्त तलाउको पानी पछिल्लो समय अचानक गुलाबी बनेको हो । साथै सुख्खा मौसमका कारण ताल पनि सुक्दै गएको देखिन्छ । यो पुरानो र पर्यटकीय रुपमा आकर्षक तालको यस्तो अवस्थापछि वैज्ञानिकहरु पनि अचम्भित भएका छन् । उनीहरुले यसबारे अनुसन्धान गर्न थालेका छन् । हालै वैज्ञानिकले केही पानी संकलन गरेर खोजी सुरु गरेका हुन् ।भारतभर मिडिया र सामाजिक सञ्जालमा समेत यो तालको तस्बिर र भिडिओ अहिले भाइरल बनेको छ ।