यो हो सुनले बनेको संसारकै पहिलो पाँचतारे होटल(फोटोसहित)
1 min read
भियतनामको हानेईमा एउटा पाँचतारे होटल सुनै सुनले बनाइएको छ। यो पाँचतारे डोल्से हानेई गोल्डेन लेकको निर्माणमा १० करोड ६० लाख पाउन्ड अर्थात् नेपाली रुपैयाँ २३ अर्ब ८० करोड बढी खर्च भएको छ।
यहाँ आउने पाहुनाले गोल्डन बाथमा आफ्नो हात धुन पाउनेछन्, गोल्डेन इन्फिनिटी पूलमा रिल्याक्स गर्न सक्नेछन् र सुनको जलप लगाइएको लबी हेर्न पाउँछन्।
यहाँ आउने पाहुनाले गोल्डन बाथमा आफ्नो हात धुन पाउनेछन्, गोल्डेन इन्फिनिटी पूलमा रिल्याक्स गर्न सक्नेछन् र सुनको जलप लगाइएको लबी हेर्न पाउँछन्।
होटलको बिल्डिङमा सुनको जलप लगाउन एक टन सुन प्रयोग गरिएको छ। यहाँ एक रात बस्न पाहुनाले २५० डलर अर्थात् २९ हजार ७ सय ७२ रुपैयाँ तिर्नुपर्नेछ।
होटलका मालिक हु डुवाङ्गले आफ्नो होटलमा साधारणदेखि अत्यधिक धनाढ्य परिवारको उपस्थित हुने आशा राखेका छन्।