Sun. Mar 7th, 2021

Ujyaalo Patrika

Daily News

जहाँ मानिसलाई जिउँदै ‘गा’ ड्ने गरिन्छ !

1 min read

देश अनुसार भेष भनेझै हरेक समुदाय र ठाउँ अनुसार नै परम्परा र संस्कृति भिन्न हुन्छन्। आज हामी एक यस्तै परम्पराबारे जानकारी गराउँदैछौं। जो सुन्दा अपत्यारिलो लाग्छ। यो अनौठो परम्परामा जिउँदो मानिसलाई गाड्ने गरिन्छ।

क्यूवामा बुजी फेस्टिबलका नामले यो प्रथा निकै चर्चित छ। यो पर्वमा जिउँदो व्यक्तिलाई गा’ ड्ने गरिन्छ। कुनै एक व्यक्तिलाई ताबुतमा बन्द गरिन्छ र उसलाई सहरको सडकमा घुमाइन्छ।

ताबुतको पछिपछि उसका आफन्त र मित्रजनसमेत कैयौं मानिसहरुको भीड हिँड्ने गर्छ। सबै मानिसहरु रक्सीको मदहोसमा ताली बजाउँदै नाच्ने गर्दछन्। यतिमात्र होइन, सेतो कपाल फुलेकी एक महिला ताबतभित्र रहेका व्यक्तिकी वि’ धुवा बन्ने गर्छिन्।

खबर अनुसार क्वूवामा यो पर्व पछिल्लो ३६ वर्षदेखि मनाउँदै आइएको छ। यसको नाम ब्यूरियल अफ पचैन्चो हो। हुन त यो पर्व कसैलाई जिउँदै गा’ ड्नका लागि हुन्छ। तर, माहोल हेर्दा कुनै विवाहको तामझामभन्दा कम हुँदैन।

यो पर्वको सुरुवात १९८४ मा भएको थियो। यसलाई स्थानीय कार्निभल समाप्त हुने र एक नयाँ जन्मको संकेतका रुपमा मनाइने गरिएको छ।

मुख्यमन्त्री शेरधन राईले विवाह गर्दै : को हुन् मुख्यमन्त्रीका हुनेवाला दुलही . . .

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन् । ५० वर्षीय राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको छ । उनले कोसँग बिहे गर्दैछन् भन्ने विषय भने खुलाएका छैनन् ।

‘विवाहको मिति लगभग तय भएको छ’ अनलाइनखबरसँगको सम्पर्कमा उनले भने ‘दुलहीको नाम अहिले नै मिडियामा नखोलौं, पछि एकै पटक भन्दा सरप्राइज हुन्छ नि ।’ काठमाडौंमा विवाह पछि विराटनगरमा भोज आयोजना गर्ने उनले बताए ।

पारिवारिक स्रोतका अनुसार उनको विवाह अन्तरजातीय हुनेछ । तर मुख्यमन्त्री राईले भने यो विषयमा थप खुलाएनन् । २०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर मात्रै बिहे गर्ने बताएका थिए ।

उनले प्रदेश राजधानीको टुङगो लगाएका छन् । तर नाम तोक्न ढिलो भएपछि मुख्यमन्त्री राईले केही दिन अघि विवाहपछि मात्रै नाम तोकिने बताएका थिए । अनलाइनखबरसँगको सम्पर्कमा मुख्यमन्त्री राईले भनेका थिए ‘सायद अब नाम भन्दा चाडो मेरो विवाह हुने सम्भावना एकदमै नजिक छ ।’

आउँदो अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लाग्ने पनि उनले बताए । ‘त्यो नाम टुङ्ग्याउने बेला भन्दा अगाडि नै मेरो विवाह सम्पन्न भइसकेको हुनेछ’ मुख्यमन्त्री राईले भने ।

दुई तिहाइ बहुमतसहित प्रदेश सरकारको नेतृत्व गरिरहेका राई नेकपा विभाजन पछि उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्तावमा छलफलका लागि ७ माघमा प्रदेश १ को हिउँदे अधिवेशन आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.