Sat. Oct 16th, 2021

Ujyaalo Patrika

Daily News

यी अभिनेत्रीले लगाइन् अमिताभमाथि यस्तो आरोप

1 min read

काठमाडौं । बलिउडकी अभिनेत्री परवीन बाबी कुनै समयको बो’ल्ड नायिकाको रुपमा थिइन् । उनले आफ्नै तरिकाको सुन्दर जीवनशैली अपनाउने गरेकी थिइन् । यद्यपि उनको मृत्यु पनि निकै रहस्यमयी तरिकाले भएको थियो ।

उनको जीन्दगी सधैं छ’टप’टीमा बितेको थियो । उनले केही सुपरहिट फिल्मामा काम गरेकी थिइन् । उनले आफ्नो जीन्दगीको अन्तिम दिन एक्लै बिताएकी थिइन् । उनीबारे धेरै कुराहरु भने बाहिर आएका छैनन् । उनी आफ्नो करियरको शुरुवातमा एक मोडल थिइन् । उनले अहमदावाद युनिभर्सिटीबाट पढाइ गरिरहेकी थिइन् । त्यसैक्रममा प्रसिद्ध निर्माता निर्देशक बीआर इशाराले उनलाई एक चलचित्रका लागि लिएका थिए । यससँगै सन् १९७३ मा रिलिज भएको फिल्ममा उनको प्रवेश भएको थियो ।

उनको शुरुआती फिल्मले खासै चर्चा कमाउन सकेको थिएन तर उनको जीवनको बारेमा भने धेरै चर्चा शुरु भयो । उनी आफ्नो तीन वर्षको करियरमा तीन व्यक्तिसँग जोडिएकी थिइन् । दुर्भाग्यपूर्ण तीनै व्यक्तिहरु विवाहित थिए । आफ्नो दोस्रो फिल्ममा उनको डेनी डों’गज’प्पासँग अफेयर्स चलेको थियो । यद्यपि यो धेरै दिनसम्म भने टिकेको थिएन । यसपछि सधैं परवीन बाबीको अफेयर्स चर्चामा रहेको थियो ।

सन् २०१४ मा दिएको एक अन्तर्वार्तामा महेश भट्टले पनि यी नायिकासँगको स’म्बन्ध, प्रेमबारे खु’लासा गरेका थिए । उनकाअनुसार उनको मानसिक अवस्था ठिक नरहेको कारण उनी अमिताभ बच्चनलाई पनि शत्रु मान्न लागेकी थिइन् ।

डक्टरलाई देखाउँदा उनलाई सि’जो’फ्रे’नि’या नामको रोग लागेको खुलेको थियो, यसको कारण उनलाई आफूलाई कसैले मा’र्न खौ’ज्दैछ भन्ने भ्रम हुन्थ्यो । एकपटक उनले अमिताभ बच्चनमाथि पनि मा’र्न खोजेको आ’रोप लगाएकी थिइन् । जसमा उनले सुटिङ गरिरहेको फिल्मका निर्देशक पनि सामेल थिए । त्यतिबेला उनको मा’न’सि’क अवस्था भने ठिक थिएन ।

जीवनभर साँचो मायाको खोजीमा रहेकी परवीन २००५ मा मुम्बईको जुहूमा रहेको आफ्नै फ्ल्याटमा मृत फेला परेकी थिइन् । अहिलेसम्म पनि उनको मृत्यु देहत्याग हो वा ह’ ‘त्या भन्ने खुलेको छैन ।

यो पनि पढ्नुहोस . .

दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ। दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताए।

यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो। यससँगै यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्नेछन्।

आगामी महिनादेखि सञ्चालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, स्वयंसेवक पर्नेछन्। त्यसपछि प्राथमिकताअनुसार वृद्ध, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्ति हुँदै सबैलाई वितरण गरिनेछ। यद्यपि अवैधानिक तवरले बस्ने तथा स्वास्थ बीमा नभएका विदेशी नागरिकलाई भने उक्त खोप निःशुल्क दिने वा नदिने भन्नेबारेमा भने कोरिया सरकार मौन छ। कोरियामा अवैधानिक तवरले बस्नेहरूको सङख्या पनि ठूलै हुनसक्ने अनुमान छ।

दक्षिण कोरियामा पछिल्लो समय कोरोनाको नयाँ प्रजाति पनि पुष्टि हुनुका साथै सङ्क्रमण तीव्ररुपले फैलिएको छ। केही सातादेखि दैनिक एक हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने क्रम देखिएको थियो तर यो साता भने दैनिक सङ्क्रमितको सङ्ख्या ४०० भन्दा तल झरेको छ। सरकारले सङ्क्रमण थप फैलिन नदिन सामाजिक दूरी कायम राख्दै सार्वजनिकस्थलमा चार जनाभन्दा धेरै भेला हुन बन्देज गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.