Tue. May 11th, 2021

Ujyaalo Patrika

Daily News

जब ड्यानियलले सनी लियोनीलाई अरु कसैसँग यौ’नमा लि’प्त भएको देख्थे…

1 min read

सनी लियोनीका पति ड्यानियल हुन् । ड्यानियल एक प्रसिद्ध गितारवादक हुन् । उनको जन्म न्यूयोर्कमा भएको थियो । तीन सन्तानका अभिभावक यी दुईको पहिलो भेट भने निकै साधारण थियो । सामान्य साथीसँग जाँदा भेगासको एक क्लवमा यी दुईको भेट भएको थियो । सनीका अनुसार यो उनको लागि पहिलो नजरको प्रेम थिएन तर ड्यानियल भने सनीलाई पहिलो नजर देख्नासाथ मन पराउन थालेका थिए ।

सनीका अनुसार ड्यानियलले कतैबाट उनको नम्बर र इमेल आइडी खोजे तर उनले पहिले फोन गर्नुको सट्टा इमेल गरे । यो कुरा सनीलाई निकै मन पर्यो त्यसपछि उनीहरुको कुराकानी अगाडि बढ्न थाल्यो । एक दिन न्यूयोर्क जाने बेला ड्यानियलले सनीसँग भेट्ने समय मागे र सनीले पनि स्वीकार गरिन् । सनीका अनुसार पहिलो डेटमा उनी घण्टौं ढिलो पुगेकी थिइन् तर ड्यानियलले कुनै भद्र व्यक्तिले जस्तै उनको प्रतिक्षा गरिरहेका थिए ।

त्यहाँ उनीहरुले ३ घण्टा बिताए । सनीलाई त्यहाँ बिताउको पल निकै खास लाग्यो किनकि पूरै रेष्टुरेण्टमा उनीहरुबाहेक कोही थिएन । ड्यानियलले सनीलाई सिडी र संसारभरबाट फूलहरु संकलन गरेर तयार गरिएको गुलदस्ता उपहार दिएका थिए । यो देखेर सनी पनि ड्यानियलको प्रेममा परिन् ।

एक दिन सनी आफ्नो औंठी राख्नको लागि बक्स खोज्दै थिइन् । त्यही बेला ड्यानियलले उनलाई एउटा बक्स दिएर भने कि मसँग तिम्रो लागि एउटा अर्को औंठी छ । सनीलाई ड्यानियलको प्रपोज गर्ने यो तरीका निकै मन पर्यो र उनले ड्यानियलको प्रस्ताव स्वीकारिन् ।

सनीका अनुसार उनलाई अरु कसैसँग यौ न स म्बन्ध बनाएको देख्दा ड्यानियल ज ल्थे । उनलाई यस्तो मन पर्दैनथ्यो तर सनी ए’डल्ट स्टार थिइन् । यो समस्याको समाधानका लागि ड्यानियल आफैं पो’र्न उद्योगमा आए । त्यसपछि उनीहरु दुईले नै पो’र्न फि’ल्म बनाउन थाले र आफ्नो कम्पनी सुरु गरे । उनीहरुले २०११ मा विवाह गरे ।

यो पनि : मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

नेपाललाई विश्वभर चिनाउने वाचा गरी सुन्दरीको ताज पहिरिएकाहरू अहिले आफैं गुमनाम छन् । कोही रंगीन दुनिँयाबाट हराएर व्यवसायमा रमाइरहेका छन् त कोही विदेश भासिएका छन् । कोहीचाहिँ सञ्चार क्षेत्रमा छन् ।

हालसम्म ‘हिडन ट्रेजर’ (मिस नेपाल आयोजक) ले २५ नेपाल सुन्दरी जन्माएकोमध्ये अधिकांश झिलिक्क उदाएर क्षणभरमै गुमनाम बनेका देखिन्छन् । केही मात्र छन् रंगीन दुनियाँमा संघर्ष गरिरहेका । जस्तो माल्भिका सुब्बा, मलिना जोशी, सुगारीका केसीहरू सञ्चारको दुनियाँमा, रुबी राणा, उषा खड्गीहरू व्यवसायमा । केही ब्राण्ड एम्बासडर बनेर विज्ञापनमा झल्याकझुलुक देखिन्छन् । अधिकांशचाहिँ विदेश भासिएका छन् ।

०५१ सालका मिस नेपाल रुबी राणा शाह । चलचित्रदेखि मोडलिङमा जम्ने प्रयास गरिन् । अहिले कुपण्डोलमा ‘रुबीज कलेक्सन’ चलाएर बसेकी छन् । रुबीपछि सुमी खड्काले नेपाल सुन्दरीको ताज पहिरिइन् । रुबीझैं सुमी पनि टिकिनन् । एयरहोस्टेसको जागिर खान पुगिन् । तेस्रो मिस नेपालको ताज पहिरिइन् पुनम घिमिरेले । उनी अमेरिकातिर भासिइन् । १५ वर्षपछि स्वदेश फर्किएर अहिले व्यवसायमा छन् । पोखराकी निलिमा गुरुङ त्यसपछिका मिस नेपाल । म्युजिक भिडियो र मोडलिङमा जम्ने प्रयास असफल भएपछि बेलायततिर भासिइन् । ०५४ सालमा नेपाल सुन्दरीको ताज पहिरिएकी झरनाको हाल पनि उही हो । रंगीन दुनियाँमा सफलता पाए पनि प्रेममा झेल्नुपरेको असफलताका कारण उनी पनि पूर्व मिस नेपालझैं विदेशतिरै अल्झिरहेकी छन् । ज्योति प्रधान पनि पुनम घिमिरेझैं अमेरिका गइन् । मनोविज्ञानमा स्नातकोत्तर गरेकी श्वेता सिंहले आइपिडी नामक संस्था चलाएर बसिन् । त्यहाँ पूर्व मिस नेपाल प्रीति सिटौलासमेत जोडिन पुगिन् ।

०५७ सालमा नेपाल सुन्दरी बनेकी उषा खड्गी फेसन डिजाइनरको रूपमा सक्रिय छिन् । माल्भिका सुब्बा टेलिभिजनतिर जमेकी छन् । प्रीति सिटौला टेलिभिजनमा काम गरेर जम्न सकिनन् । पायल शाक्य अष्ट्रेलिया पुगिन् । सुगरिका केसी आरजेको रूपमा जमिन् । सिताष्मा चन्द मिस नेपाल बनेपछि अस्ट्रेलियालीसँग विवाह गरेर उतै भूमिगत भइन् । ६६ सालकी मिस नेपाल जेनिशा मोक्तान दीपक मलहोत्रा पुत्र दिकेशसँग लगनगाँठो कसेपछि अहिले व्यापारिक संसारमा हराइरहेकी छन् । सदीक्षा श्रेष्ठ केही वर्ष विज्ञापनमा देखिइन् । ६८ का मिस नेपाल मलिना जोशी केही सिनेमामा देखिइन् । अहिले रंगीन दुनियाँभन्दा पर छिन् । ६९ को नेपाल सुन्दरी सृृष्टि श्रेष्ठले केही सिनेमामा काम गरिन् तर अधिकांश सिनेमा फ्लप भएपछि उनी पनि रंगीन दुनियाँबाट हराइन् ।

०७० की नेपाल सुन्दरी इशानी श्रेष्ठ दन्तरोग विशेषज्ञ । अहिले सामाजिक काममा सक्रिय छन् । इभाना मानन्धरले सीई कन्स्ट्रक्सनमा बजार प्रवद्र्धनको काममा पितालाई सघाइन् । सुबिन लिम्बू, अश्मि श्रेष्ठ सबै मिस नेपाल गुमनाम छन् । ०७४ की मिस नेपाल निकिता चण्डकले रानीमहल, साङ्लो चलचित्रमा काम गरिन् । दुवै फ्लप । कम्युनिष्ट बाबुआमा विरोध खतिवडा र मनु सिग्देलपुत्री शृंखला त्यसपछिको नेपाल सुन्दरी । यस वर्ष ०७७ सालको नेपाल सुन्दरीको ताज नम्रता श्रेष्ठले पहिरिँदा धेरै झुक्किए नायिका नम्रता हुन् कि भनेर । हेर्न बाँकी छ शृंखला, नम्रताहरू यो रंगीन दुनियाँको चमकधमकमा कतिन्जेल टिक्छन् वा पूर्व मिस नेपालझैं हराउँछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.