Tue. May 11th, 2021

Ujyaalo Patrika

Daily News

श्रीमती सा’टासा’ट गर्न लागेपछि भयो यस्तो नसोचेको घ’टना (भिडियो सहित )

1 min read

काठमाडौ । सल्यानमा अनौठो घटना भएको छ । वैदेशिक रोजगारीका लागि सल्यानका नरेश राना र प्रकाश मलेसियामा थिए । उनीहरुको चिनजान मलेसियामै भएको थियो । दुई जना साथी भए । प्रकाश र नरेशले एक अर्कालाई श्रीमतीहरुसंग पनि चिनजान गराए । तर नरेश प्रकाशको श्रीमतीसंग नजिकिए ।

यो कुरा प्रकाशले थाहा पाएपछि नरेशलाई ध म्की दिन थाले । उनले नरेशलाई मात्र होइन उनको श्रीमतीलाई पनि आफुसंग विवाह गर्न दवाव दिन थाले । प्रकाश र नरेशको श्रीमतीको पनि बारम्बार कुराकानी हुन थाल्यो । घटना यहाँ सम्म पुग्यो कि उनीहरुबीच सामाजिक सञ्जाल फेसवुकमा सवाल जवाफ पनि हुन थाल्यो ।

अन्त्यमा २८ वर्षका नरेशले मलेसियामा देह त्याग गरेका छन् । अहिले उनको निधन भएको ७ दिन हुँदा पनि नरेशको श्रीमतीले उनको शव बुझेकी छैनन् । अन्त्यष्टि पनि भएको छैन । नरेशले देह त्याग गर्नु भन्दा अघि सम्म पनि प्रकाशसंग सामाजिक सञ्जालमा कुराकानी भइरहेको देखिन्छ । नरेश ३ वर्ष देखि मलेसियामा थिए । नरेशको श्रीमतीसंग कुराकानी पनि हुन्थेन ।

प्रकाशले आफुसंग विवाह गर्न दवाव दिएको पनि नरेशको श्रीमतीले बताएकी छन् । म संग विवाह गरिनस् भने तेरो श्रीमानलाई जे पनि गर्न सक्छु भनेर दवाव दिएको नरेशको श्रीमतीको भनाई छ । नरेश प्रकाशको श्रीमतीसंग लाग्नुभन्दा पहिला पनि अन्य युवतीहरुसंग पनि नजिकिएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.