Tue. May 11th, 2021

Ujyaalo Patrika

Daily News

म्युजिक भिडियोमा खेलाउँछु भनेर यस्तो सम्म गरे, युवती रुँदै मिडियामा (भिडियो हेर्नुस्)

1 min read

काठमाडौ । पैसा ५० हजार लाग्छ म तिमीलाई भिडियोमा खेलाउँछु भनेर समिर ठोकरले भनेपछि छायाँकन हुनुभन्दा एक दिन अघि पैसा दिँए । ठोकर म्युजिक भिडियोको डाइरेक्टर हुन् । उनले मोडल बन्ने रहरकै कारण उनले ५० हजार रुपैया गुमाइन् । म्युजिक भिडियोवाट कलाकारीतामा प्रवेश गर्न चाहेकी युवतीले आफ्नो सपना पुरा हुने देखेपछि उनले ५० हजार रुपैया दिएको बताइन् ।

म्युजिक भिडियो पनि बन्यो तर जव सार्वजनिक भयो त्यसमा आफ्नो भूमिका हटाइएको पाइन् । सिन्दुलीकी रिता श्रेष्ठलाई समिरले म्युजिक भिडियोमा मुख्य भूमिकामा खेलाउँछु भनेर आश्वासन दिएको बताइन् । आफुलाई सानै देखि नै कलाकारीतामा लाग्ने शौख थियो । उनी आफ्नो सानै देखिको साथी म्युजिक भिडियोमा काम गरेको थाहा पाएपछि उनले साथीलाई यस्तो अवसर आयो भने मलाई पनि भन है भनेको बताइन् ।

साथी मार्फत समिरको सम्पर्कमा पुगेकी उनलाई ५० हजार रुपैया लाग्छ भनेपछि उनले त्यती धेरै पैसाको जोहो गरिन् । उनलाई म्युजिक भिडियोका लागि पुष ३ गते सिन्धुलीवाट काठमाडौ आइन् । घर परिवारलाई उनी कलाकारितामा लाग्ने कुरा राम्रो लाग्थेन त्यसैले बुवा आमालाई भनेकी थिइनन् । उनले आफ्नो श्रीमान र उनको परिवारलाई केही भनिनन् । श्रीमानलाई काम सुरु भएपछि मात्र उनले सुनाएकी थिइन् । अहिले म्युजिक भिडियो सार्वजनिक भएपछि आफु ठ गीमा परेको थाहा पाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.