एक करोड खर्चमा बनेकाे ‘नाचघर’ कहा के मा खर्च भयो यति ठुलो रकम ? हेर्नुहोस (फोटो सहित)
1 min read
एक करोड खर्चमा बनेको नाच घर भनेर सामाजिक संजाल भरि टिका टिप्पनि र बिरोध भएपछी Gc Kirtisingh ले यसकारण महँगो हुन पुगेको र हिनामिना नभएको आफ्नो फेसबुक मा यस्तो लेखेका छन्
पहिलो कुरा त भिम उपाध्याय सर लगायत ज- जसले भिम सरको पोस्ट हेर्नु भो अनी आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्नु भो सम्पूर्ण लाई धन्यवाद!!
वास्तवमा यो घोराहि उप महानगर पालिका ले नभई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत डिभिजन वन कार्यालय घोराही दागंले आ.ब.२०७६।०७७ र ०७७।७८ मा रू १ करोड ५० लाख कुल लागतमा ठेक्का लगाई रू ९७ लाख ७० हजार कबोल गर्ने सत्यम कन्स्ट्रक्शन्सले बनाएको हो !
पानी सम्म पनी ट्याकंरमा बोकेर लिनु पर्ने र कच्चि बाटो भएको डॉडामा झ्याट्ट हेर्दा ट्रस भवन र बस्ने सिटहरू देखिने यो आकाश बाट खिचिएको फोटो हेरेर धेरैले टिका टिप्पणी गरेको पाइयो!!!
वास्तबमा यो खुल्ला नाट्य घर हो! जुन दागंको घोरदौडामा अवस्थित छ! यो भवन भिरालो जमिनमा दुई तला अन्डर ग्राउण्ड सहितको आर.सि.सी. स्टक्चर हो ! जसमा पहिलो तला ३.७ मि अग्लो सेअर वाल सहित जमिनको लेवल मिलाउन उठाईएको छ भने ३ मि. अग्लो दोर्सो तला मा अट्याच बाथरूम सहितको दुई ओटा लेडिज एण्ड जेन्स डे्स चेन्ज रूम छन । दोर्सो तलामा जान यो मन्चबाट स्टिल रेलिंग सहितको आर.सि.सी भर्यागं छ । र मान्छे नखसुन भनेर डे्स चेन्ज रूमको वाहिर वरिपरी स्टिल रेलिंग लगाईएको छ । यो भवनको अगाडि पट्टी भिरालो जमिनमा माटो भरेर बस्ने सिट बनाउन करिब ६.५ मि. उचाई र २३ मि.लम्बाई को रिटेनिगं वाल छ र मन्चको दॉया बॉया करिब ४.८ मि. उचाई र १०/१० मि लम्बाई को रिटेनिगं वाल छ !! र प्रत्येक बस्ने सिट बनाउन ०.९ मि आर.सि.सी पिल्लर १.८ मि को फरकमा राखि बिचको भागमा ईट्टाको वाल लगाई माथिबाट आर.सि.सी गरी फ्याग स्टोन बिछ्याईएको छ !! यो ट्स analysis गरेर बनाएको हो जसको तौल ३५०० केजि र टाढा बाट टिन जस्तो देखिने यो छाना स्टोन कलर कोटेट मटेरियर बाट बनेको छ !! यसमा होल इलेक्ट्रिफिकेसन पनी छ !!! यद्यपि उत्त कामको फ़िनिशिंग हुदै छ !!
डि.पी.आरको मर्म अनुसार बॉकि काम सबै पुरा हुने हो भने यो समग्र दागं जिल्ला कै गौरवको योजना हो धन्यवाद