Sat. Sep 25th, 2021

Ujyaalo Patrika

Daily News

‘कक फाइटिंङ’ का कुखुरा ३० दिनदेखि जेलमा !

1 min read

एजेन्सी, । भारतको झारखण्डमा मंकर संक्रातीको अवसरका कुखुराको लडाईंमा सट्टाबाजीको प्रचलन रहेको छ । अन्य वर्षमा जस्तै यस वर्ष पनि सो स्थानमा त्यहाँका स्थानीयवासीहरुले कुखुराको लडाईंमा सट्टाबाजी गरे ।

दर्जनौं कुखुरासहति जम्मा भएको सो लडाईँमा ‘कक फाइटिंङ’ खेल भयो । जुन खेल सो स्थानमा प्रचलित रहेको छ । स्थानीयले पालेको कुखुरा एकअर्काका कुखुराबिच फाइटिङ गराउने क्रममा सो स्थानमा प्रहरी पुग्यो । त्यसै बेला पुलिसले केहि मानिसहरु र कुखुरालाई समात्यो ।

प्रहरीले नियन्त्रणमा लिएका मानिसहरु रिहा भइसके छन् । तर अहिलेसम्म कोहि पनि मानिस कुखुरा लिन नजाँदा करिब एक महिना देखि कुखुरा जेलमै राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.