न्यायाधीशकै सामुन्ने काठमाडौं जिल्ला अदालतका कर्मचारीको मु,क्का हा,ना,हा,न
1 min read
काठमाडौं जिल्ला अदालतमा नयायाधीशकै अगाडि दुई कर्मचारीबीच कु,टा,कु,ट भएको छ।
सोमबार १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने वादविवाद हुँदा इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोला कु,टा,कु,टमा उत्रिएका हुन्।
श्रेस्तेदार भीमप्रसाद निरौलाका अनुसार इजलास अधिकृत शर्मा घा,इते भएका छन्। उनको नाकबाट र,गत बगेपछि ट्रमा सेन्टरमा जँचाउन गएका थिए। अहिले उनको अवस्था सामान्य रहेको निरौलाले बताए।
मालपोत कार्यालयलाई भएको एउटा आदेशमा सही गर्ने कुरालाई लिएर विवाद भएको थियो ।
‘आदेशमा सही गराउन लिएर जादाँ इजलास अधिकृत शर्माले व्यहोरा नमिलेको भन्दै अर्को व्यहोरा लेखेर ल्याउन भनेपछि वा,दवि,वाद भएको रहेछ। त्यही बढ्दै गएर हात हालाहाल नै भएछ,’ उनले भने।
कार्यालयका नाममा आदेश गर्ने कि कार्यालय प्रमुखको नाममा आदेश गर्ने भन्नेमा उनीहरूको मत बाझिएको थियो।
आज न्यायाधीशसँग यो विषयमा कुरा हुने, छानबिन गर्ने र दोषी पत्ता लगाएर कारबाही गरिने पनि श्रेस्तेदार निरौलाले बताए। सोमबार भएको कु,टा,कु,टले केहीबेर इजलास प्रभावित भएका थिए।