Sun. Feb 28th, 2021

Ujyaalo Patrika

Daily News

भागरथीकै विद्यालयका छात्रद्वारा क’रणी गरि ज्या’न लिएको स्वीकार

1 min read

धनगढी – बैतडीकी किशोरी भागरथी भट्टको घटनाको आरोपमा प्रहरीले उनकै सहपाठीलाई पक्राउ गरेको छ। भागरथीको छिमेकी समेत रहेका उनलाई आज (बुधबार) सार्वजनिक गर्ने तयारी प्रहरीको छ।

१३ दिनअघि विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो ।

एक सातालामो प्रहरी अनुसन्धानपछि प्रहरीले भट्टको ह त्या आरोपमा दिनेशलाई सार्वजनिक गर्न लागेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले जानकारी दिए ।

भट्टको घटनामा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको टोलीले ती शं’कितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरी बैतडीसमेत पुर्याएको थियो । यद्यपि, अहिले उनकै विद्यालयका एक छात्रले भागरथीको घटना घटाएको स्वीकार गरेका छन् ।

अन्य परिस्थितिजन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ । तर, उनलाई पक्राउ नगरी प्रहरीले केही दिन निगरानीमा मात्र राखेको थियो।

उनीविरुद्ध पर्याप्त प्रमाण भेटिएपछि पक्राउ गरिएको स्रोत बताउँछ। भागरथीको घटना पछि न्याए दिन उठेको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.