Tue. May 11th, 2021

Ujyaalo Patrika

Daily News

प्रहरीको यो टिम जसले भागरथीको ह,त्या,रा समाउन सफल भए , फूलमाला लगाएर यसरी विदा गरियो . . .

1 min read

काठमाडौ । भागरथी घटनालाई निष्कर्षमा पुर्याएको भन्दै स्थानियले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुलाई धन्यवाद सहित विदाई गरेका छन् । घटनामा संलग्नलाई प्रहरीले मंगलवार पक्राउ गरी बुधवार सार्वजनिक गर्ने तयारी गरेको छ । काठमाडौवाट घटना अनुसन्धानकै लागि पुगेको प्रहरी अधिकृतको टोली भने बुधवार विहान विदा भएको छ ।

घटनामा संलग्नलाई कानूनको क ठ घरामा उभ्याएको भन्दै दोगडाकेदार गाउँपालिकाका स्थानीयले प्रहरीलाई सम्मानसहित विदा गरेका हुन्। कञ्चनपुरको निर्मला पन्त घटना जस्तै गुमराहमा परिने डरले प्रहरीले यो घटनामा निकै सतर्कता साथ अनुसन्धान गरेको थियो ।

घटनाको अनुसन्धानका लागि काठमाडौ र प्रदेश प्रहरी कार्यालयवाट समेत प्रहरी अधिकृत घटनास्थल पुगेका थिए । खोचलेक प्रहरी चौकीमा रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुसहितका प्रहरीको स्थानीय फूलमाला सहित विदाइ गरेका हुन्।

उनीहरुले घटनाका दोषीको पहिचान गरि कारवाहीको दायरामा ल्याएकोमा प्रहरी अधिकृतहरुलाई धन्यवाद समेत दिएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला हराएकी थिइन् । उनको शव भोलीपल्ट वनमा फेला परेको थियो ।

उनको ब ला/त्का र पछि ह ‘त्या गरेको अभियोगमा प्रहरीले सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाइ पक्राउ गरेको छ । उनी भागरथीको भाई नाता पर्ने र छिमेकी समेत हुन् । उनले घटनामा संलग्नता स्वीकार गरीसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.