Sun. Oct 17th, 2021

Ujyaalo Patrika

Daily News

लाखौँका गहना लगाएको बिरालो एक्कासी गायव भएपछि हंगामा, कुरा प्रहरीसम्म पुग्यो

1 min read

मानिसले अनुहार भरी गहना लगाएर तस्विर खिचेको तपाई हामीले देख्दै भोग्दै आएका छौँ । तर बिरालो गहनाले पूरै ढाकिएको खबर पहिलो पटक भारतको राजस्थानबाट सार्वजनिक भएको छ ।

अझ रोचक त के छ भने सुनै सुनका गहनाले ढाकीएको बिरालो फोटो खिच्न खोज्दा फरार बन्न पुगेको इन्डियालाइभ टुडेले उल्लेख गरेको छ ।

समाचार स्रोतका अनुसार राजस्थानकी फूलारामकी श्रीमती र उनका छोरीछोरील एक दिन अचानक फुराएको बिरालोलाई गहनाले पुरेर फोटो खिच्ने आइडियाले परिवार मा नै तनाव सिर्जना गर्यो जतिबेला बिरालो एकाएक गायब भयो ।

बिरालो गायब भ एपछि घटना प्रहरीकहाँसम्म पनि पुग्यो । प्रहरीले गाउँलेले नै गहनाका लागी बिरालो लुकाएको हुन सक्ने अनुमान गरेको छ ।

एक चम्चा दुधको मुल्य ५० रुपैयाँ ? त्यो पनि गधाको ?

गधाको दुध पनि किनबेच हुन्छ ? पछिल्लो समय त्यसको अभ्यास भइरहेको छ । खासमा भर्खरै जन्मेका बच्चाका लागी अमृत नै साबित हुने चिकित्सकहरु पनि बताउँछन् ।

भारतका विभिन्न स्थानमा गधाको दुध ब्यबसायिक रुपमा नै किनबेच सुरु भएको छ । जसलाई प्रतिचम्चा ५० रुपैयाँका दरले किनबेच भइरहेको भारतीय मिडियाको भनाई छ ।

गधाको दुधमा विषेश पौष्टिक तत्व पाइने युनिभर्सिटी अफ एग्रीकल्चर साइन्सका प्राध्यापकहरुले हालै एक कार्यक्रमको आयोजना नै गरेर आम सर्वसधारणलाई अब ब्यबसायिक रुपमा पनि दुध दिने गधा पाल्न आवश्यक रहेको बताएका छन् ।

प्राध्यापकहरुका अनुसार गधाको दुधमा आमाको दुधमा पाइने बराबरको पौष्टिक तत्व हुन्छ । जसमा लाइसोजाइम लगायतका तत्वहरु पाइने हुनाले यो अमृत समान हुने उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.