Mon. Aug 2nd, 2021

Ujyaalo Patrika

Daily News

अ श्लि ल फिल्म बनाएको आरोपमा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा प क्रा उ

1 min read

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा प क्रा उ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती प क्रा उ गरेको हो । अ श्लि ल फिल्म (पो र्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी प क्रा उ परेका हुन् । यो मामिलामा पुलिसले उनलाई मुख्य आ रो पी बनाएको छ ।

यसै बर्ष फेब्रुअरीमा उनीबि रु द्ध अ श्लि ल फिल्म बनाएको र एप मार्फत रिलिज गरेको उजुरी दर्ता भएको थियो । यसै मामिलामा राज कुन्द्रा मुख्य आरोपीको रुपमा प क्रा उ परेका हुन् ।

राजकुन्द्राको बि रु द्ध आफुसँग प्रयाप्त प्रमाण भएको र उनलाई सोधपुछ गरिरहेको मुम्बई पुलिसले बताएको छ । मेडिकल परिक्षणपछि राज कुन्द्रालाई आज मंगलबार कोटमा पेस गरिनेछ ।

मुम्बई पुलिस ब्रान्चमा गत फेब्रुअरीमा अ श्लि ल फिल्म बनाएको र त्यो अलग अलग ओटीटी प्लेटफर्ममा रिलिज गरिएको केस दर्ता भएको थियो । यो मामिलामा पुलिसले बिभिन्न ठाउँमा छापा मारेर पहिले नै ४ ब्यक्ति प क्रा उ गरिसकेको छ । प क्रा उ आ रो पीको बयान अनुसार र टेक्निकल एविडेन्सको आधारमा राज कुन्द्रालाई प क्रा उ गरिएको हो । पुलिसको जाचमा राज कुन्द्रा मुख्य दोसी पाइएको छ ।

हटसट नामक एक एप बनाएको र उक्त एपमा फिल्म राख्दै मानिससँग पैसा उठाएको र एमका मालिक राज कुन्द्रा भएको आरोप पुलिसको रहेको छ । राज कुन्द्राले भने आफ्नो एपसँग कुनै पनि लेनदेन नभएको दावी गरेका छन् ।

पुलिसका अनुसार मुम्बईमा कामको खोजीमा आउने सोझा सिधा केटीलाई यो कामका लागि फसाउने गरिएको छ । ठुलो फिल्ममा काम लगाउने बहानामा समेत अ श्लि ल फिल्ममा काम गराउने गरिएको छ । फिल्म बनेपछि मोवाईल ऐप तथा ओटीटी प्लेटफर्ममा रिलिज गरेर लाखौ कमाउने गरिएको छ ।

मुम्बईको मलाड वेस्टको मढ गाउँको एक घर भाडामा लिइएको थियो । जसमा अ श्लि ल फिल्म छायाँकन भएको थियो । एपीआई लक्ष्मीकान्त सालुखेले उक्त बंगलामा छापा मारेको समय पनि अ श्लि ल फिल्मको सुटिङ चलिरहेको थियो । सो क्रममा आरोपीले एकमात्र नभएर कयौ एपमा यस्ता फिल्म रिलिज गर्ने गरेको समेत बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.