Sun. Oct 17th, 2021

Ujyaalo Patrika

Daily News

बागलुङमा घरेलु मदिरा पिउदा रोल्पाका चार जनाको मृ,त्यु, दुईको अवस्था गम्भीर

1 min read

काठमाडौं । बागलुङमा वि षा क्त मदिरा पिउँदा चार जनाको मृ त्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन् ।

जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृ त्यु भएको हो ।

मृ त्यु हुनेमा रोल्पाको सुनिल स्मृती गाउँपालिका-५ का २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृ  त्यु भएको हो ।

मदिरा पिएर गम्भीर बिरामी परेका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।

धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र वि पोखरेलले बताउनुभयो ।

दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको उहाँले जानकारी दिनुभयो । उनीहरुको अवस्था गम्भीर रहेको छ ।

उनीहरुले सोमबार स्थानीय म दि  रा पसलमा ‘लो  क ल’ म  दि   रा सेवन गरेका थिए । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.