Mon. Aug 2nd, 2021

Ujyaalo Patrika

Daily News

आफैले बनाएको घर छोड्न रहर कसलाई हुन्छ र ? तर अपमान सहेर बस्ने कुरा पनि भएन

1 min read

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् । कमीकमजोरी हटाएर शुद्धीकरण गरि पार्टीलाई नयाँ ढंगले बढाउने कुरामा आफुहरु लागेको उनको भनाई छ । पार्टी जोगाउने जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै उनले त्यसैका लागि पार्टी भित्र संघर्ष गरेको बताए ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा बिहीबार बिहान पुष्पलाल स्मृति पार्क चम्पादेवीमा भएको कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् । उनले भने, सुध्रिन चाहनेले आफ्नो कमीकमजोरी सुधार गर्न सक्नुपर्छ त्यो आँट र शाहस चाहिन्छ । पार्टी भित्र घाउ खटिरा छन् भने तिनले पीडा दिन्छन् तिनलाई औषधिले निको बनाउनुपर्छ ।’

उनले आफ्नो घर छोडेर जाने रहर कसैलाई पनि नहुने बताएका छन् । तर अपमान सहेर बस्न पनि कठिन हुने उनको भनाई छ । आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन तर अपमान सहेर, गलत कुरो सहेर कोही बस्दैन उनले भने। उनले नयाँ विचार दृष्टिकोण बनाएर अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् ।

गलत कुरालाई सहेर बसेमा दास प्रवृत्ति मौलाउने भएकाले आफुहरुले विद्रोह गरेको उनले बताए । उनले भने, ‘कम्युनिष्ट दास हुन सक्दैन। अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन। त्यो प्रवृत्ति सबैले त्याग गर्न सक्नुपर्छ । हावादारी कुरोले केही परिवर्तन हुने वाला छैन । आन्दोलनलाई नयाँ हिसाबले लैजानुपर्छ । कम्युनिष्ट पार्टीको काँधमा ठूलो दायित्व आएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.