Tue. Sep 28th, 2021

Ujyaalo Patrika

Daily News

दुर्गेस थापाको नया तिज गित बिच्च बिच्चमा-४ (ख्यास्स पुतली ) सार्वजनिक (भिडियो सहित हेर्नुहोस)

1 min read

काठमाडौँ । पछिल्लो वर्ष निकै चर्चामा रहेको तिजको गीत ‘ बिच्च बिच्चमा’ का गायक दुर्गेश थापाले यस वर्ष पनि नयाँ तिजको गीत ‘बीच बीचमा’ को नयाँ संस्करण लिएर आएका छन् ।

तिजको माहोल नजिकिदै गर्दा उनले ‘बिच्च बिच्चमा-२’ सार्वजनिक गरे, त्यसको केहि दिनमा नै दुर्गेशले ‘बिच्च बिच्चमा – ३’ पनि गत वर्ष  दर्शकमाझ ल्याएका थिए । यो वर्ष पनि बिच्च बिच्चमा-४ (ख्यास्स पुतली )

आज शुक्रबार  रिलिज भएको ‘बिच्च बिच्चमा-४ ‘ गित रिलिज भएको केहि घण्टामा नै निकै लोकप्रिय भएको छ ।

एकै दिनमा उक्त गीतका लाखौं भ्युअर्स बनिसकेका छन् । युट्युबको कमेन्ट बक्समा यस नयाँ गीतले निकै राम्रो प्रतिकृया पनि पाइरहेको छ ।

‘बिच्च बिच्चमा’ मा देशको वर्तमान अवस्था र राजनीतिक घटनाक्रमको विषयमा व्यंगात्मक रुपमा गीत प्रस्तुत गरिएको छ ।

उक्त गीतमा देशमा कोरोना संक्रमणको अवस्था र सरकारको योजनाको बारेमा व्यंग्य गरिएको छ, साथै देशको भ्रष्टाचार र सांसादहरुको अवस्थाको बारेमा पनि गीत बनाइएको छ ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.