Tue. Sep 28th, 2021

Ujyaalo Patrika

Daily News

दाजुसँग विवाह गर्न नपाएपछि सुजिताले आ’त्म ह,त्या गरेको खुलासा

1 min read

अ पर ह णमा परेकी भनिएकी पूर्वी चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारीले दा जुसँग विवाह गर्न नपाएपछि आ,त्म,ह,त्या गरेको रहस्य खुलेको छ । आफ्नै ठुलोबावुको छोरासँग प्रेममा रहेकी सुजिताले विवाह गर्न नपाएपछि आ,त्म,ह,त्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो। ।

सुजिताको आफ्नै ठुलोबुवाको छोरा झापाको झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीसँग प्रेम सम्बन्ध रहेको थियो । विवाह नभएपछि उनले आत्महत्या गरेको प्रहरीले जानकारी गराएको छ ।

लामो समयदेखिको एकअर्काको आकर्षणपछि सुजिताले सकुदेवलाई विवाहको लागि दबाब दिएकी थिइन् । सुजिताले असारको ९ गते सुकदेवसँग विवाहको प्रस्ताव गरेकी थिइन् । सुकदेवले नमानेपछि दुईजना बीच वि वा द भएको थियो ।

सुजिताले विवाह नगरे मर्ने धम्की दिएकी थिइन् । सुकदेवले ‘जे गर्छस् गर ’ भनेपछि दुई जनाबीच सम्पर्क नभएको प्रहरीको भनाइ छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

समाजिक तथा नैतिक कठिनाइका कारण सकेसम्म विदेश जाने योजना बनाएका थिए । संभव नभए एकआपसमा अपहरणको बाहना बनाइ कसैले थाहा नपाउने ठाँउमा गएर बस्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ । सुकदेवलाई काठमाडौंबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रकाश अर्यालले बताए ।

सुजितासँग खिचेको फोटो सुकदेवले डिलिट गरेका थिए । प्रहरीले मोबाइलबाट सबै फोटो रिकभर गरेर झिकेको छ । सुकदेव र सुजिता काठमाडौंमा एकैसाथ बस्ने योजना बनाएका थिए ।

दिदीको घर गएकी सुजिताले सुकदेवलाई काठमाडौंमा तुरुन्त कोठा खोज्न दबाब दिएको अनुसन्धानबाट खुलेको छ । ‘हाम्रो अनुसन्धानबाट सुजिताको एक विशेष व्यक्तिसँगको सम्बन्ध पत्ता लगायो । दाजुबहिनीको भन्दा पनि शंकास्पद रहेको परिवार स्रोतबाटै थाहा भयो, ‘अनुसन्धान अधिकारी डिएसपी इन्द्रबहादुर रानाले भने ‘ ,’सबै प्रमाण र तथ्यबाट हामीले पत्ता लगाउन सफल भयौं।’

सुजिता बुद्धशान्ति कलेजमा बीबीएस चौथो वर्ष परीक्षा सकेर विदामा बसेकी थिइन् । गत असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भीरमा सुजिताको श  व भेटिएको थियो । सुजिता असार ११ गते साथीको घरमा जान्छु भनेर हिँडेकी थिइन् ।

पहिला परिवारले हत्याको आशंका गरेर जाहेरी दिएका थिए । अहिले घटनाको विषयमा आमा अम्बिका भण्डारीले सुकदेव विरु  द्ध आ त्म ह त्या दु रु त्सा हनको जाहेरी दिएकी छिन् ।

सुकदेवलाई प क्रा उ गरी चितवन जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान गरेर अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.