Tue. Sep 28th, 2021

Ujyaalo Patrika

Daily News

कस्ती आमा : आफ्नो १ वर्षको छोरालाई दौडिरहेको ट्रेनबाट फा’ लि’न, बाबुले हा’म्फा लेर बचाए ज्यान

1 min read

मानिसलाई रिस उठ्छ। यसलाई सामान्य मान्न सकिन्छ। तर सामान्य रिसमा कहिलेकाहीँ मानिसहरुले असामान्य कामहरु गर्ने गर्दछन्। एक महिलाले रिसले झण्डै परिवार नै तहसनहस भएको थियो।

पतिसँग सामान्य रिसका कारण एक आमाले आफ्नो १ वर्षको बच्चालाई दौडिरहेको ट्रेनबाट फालेकी थिइन्। महिलाले यस्तो गरेपछि तत्कालै ती बालकका पिताले गाडीबाहिर हा’म्फा’लेर बच्चालाई बचाएका छन्। यो घ’टना उत्तर प्रदेशको प्रयागराजको हो। भारतीय मिडियाका अनुसार आमाले दौडिरहेको ट्रेनबाट बच्चा फ्याँ’के’ पछि बच्चा बाहिर ख’सेर करिब १०० मिटर पछाडि पुगिसकेका थिए। अहिले बच्चाको स्थिति ठिक भएको बताइएको छ।

यमुनापारको छिवकी जंक्सनमा घ’टना भएको हो। घ’टनास्थलमा रहेका रेलवे पुलिस फोर्स र जीआरपीका जवानले पितासँग बच्चालाई अस्पताल लिएर गएका थिए। डाक्टरले बच्चाको प्रारम्भिक उपचारपछि अवस्था ख’त’रामुक्त रहेको बताएका छन्। प्रयागराज मण्डलको छिवकी जंक्सनका बिहीबार बिहान पौने ८ बजेको समयमा जनता एक्सप्रेस मुम्बइतिर जाँदै थियो। यही ट्रेनको कोच संख्या बी २ मा मिर्जापुरको चुनारका शिवम सिंह र अंशु सिंह थिए।

उनीहरु १ वर्षको छोराको साथमा चुनारबाट मुम्बइ जाँदै थिए। शिवम सिंह मुम्बइमा सुरक्षा गार्डको काम गर्छन्। कोरोनाको समयमा उनी घर आएका थिए। अहिले उनी फेरि कामको लागि मुम्बइ जाँदै थिए। ट्रेनमा बच्चा पटक पटक रोइरहेका थिए। पतिले पत्नीलाई बच्चालाई दूध खुवाउन भने र यही कुराले वि’वाद सुरु भयो। वि’वाद बढ्दै गएपछि रिसमा आमाले बच्चालाई दौडिरहेको ट्रेनको झ्यालबाट बाहिर फ्याँकिदिइन्।

ट्रेनभित्रका सबै मानिसहरु यो देखेर आ’त्तिए तर बच्चाका पिताले भने तत्कालै ट्रेनबाट हा’म्फा’ ले र करिब १०० मिटर दौडिएर बच्चालाई काखमा उठाए। छिवकी रेलवे पुलिस इन्स्पेक्टर जीएस उपाध्यायका अनुसार जीआरपी र आरपीएफले कुनै केस दर्ता गरेका छैनन्। बच्चा ख’त’रामुक्त छन्। जानकारहरुका अनुसार महिलाको मानसिक अवस्था ठिक छैन। घट’नापछि पिता आफ्नो बच्चालाई लिएर घर गएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.