Tue. Sep 28th, 2021

Ujyaalo Patrika

Daily News

पूर्वप्रेमिकाले घरबाट निकालेपछि झ्यालबाट छिर्न खोज्दा अड्किएपछि…

1 min read

पूर्वप्रेमिकाबाट अनुचित फाइदा उठाउन खोज्दा पूर्वप्रेमिकाले घरबाट निकालिदिएका एक युवक झ्यालबाट पूर्वप्रेमिकाको घरभित्र छिर्न खोज्दा त्यहीँ अड्किए। उनलाई अचेत अवस्थामा उद्धार गरिएको छ। प्रहरी अधिकारीहरुका अनुसार समयमै उद्धार नगरिएको भए उनको ज्यान नै जान सक्थ्यो।

स्थानीय मिडियाका अनुसार युक्रेनको खेर्सन क्षेत्रमा यी युवक र उनकी पूर्व प्रेमिका साथमा बसेर पिइरहेका थिए। यही क्रममा युवकले पूर्वप्रेमिकालाई मन नपर्ने गरी फाइदा उठाउन खोजे। महिलालाई उनको व्यवहार चित्त नबुझेपछि उनले विरोध गरिन्। यही क्रममा उनीहरुको झगडा भयो। झगडा भएपछि महिलाले युवकलाई निस्केर जान भनिन् तर ती युवक नाइँ भन्ने जवाफ सुन्न नै चाहँदैनथे।

महिलाले घरबाट निकालिदिएपछि उनी झ्यालको साँघुरो ठाउँबाट भित्र छिर्नै खोजेका थिए तर झ्यालमै अड्किए। यो देखेपछि आत्तिएकी महिलाले तत्कालै पुलिसलाई खबर गरिन्। सूचनापछि घटनास्थलमा पुलिस आउँदा युवकको शरीरको आधा भाग भित्र र आधा भाग बाहिर झुण्डिएको थियो। उनी बेहोस थिए र निकै मुस्किलले सास फेरिरहेका थिए। घटनास्थल आएका स्वास्थ्यकर्मीले ती युवक झण्डै मरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.