Tue. Sep 28th, 2021

Ujyaalo Patrika

Daily News

यौ’ न संग्रहालयमा खिचिएको फोटो शेयर गर्दा यी मोडेललाई जानु पर्ने भयो जेल , फोटोमा के थियो त्यस्तो ?

1 min read

काठमाडौं। एक इन्स्टाग्राम मोडलले नेदरल्याण्डको एम्सटर्डमस्थित यौ’ न संग्रहालयमा खिचिएको आफ्नो फोटो शेयर गर्दा जेल जानुपर्ने खतरा बढेको छ । टर्कीकी यी मोडललाई आफ्नो देशको कानुनअनुसार मुद्दा चलाइएको छ । यी मोडलमाथि टर्कीको अ’श्ली’लता कानुन अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

२३ वर्षकी यी मोडल मेर्वे तास्किनले बीबीसीसँग कुरा गर्दै एक वर्ष पहिले एम्सटर्डमको विश्व प्रसिद्ध यौ’ न संग्रहालयमा खिचिएको तस्वीर सामाजिक संजालमा शेयर गरेपछि उनले टर्कीमा अ’ श्ली लता कानुन अन्तर्गत मुद्दाको सामना गर्नु परिरहेको बताइन् । उनका अनुसार उनी आफ्नो २२ औं जन्मदिनमा केही साथीहरुसँग यो संग्रहालयमा गएकी थिइन् । उनले त्यहाँ राखिएका चित्र र मूर्तिहरुको अगाडि केही तस्वीर खिचेकी थिइन् ।

उनले आफ्नो उद्देश्य केवल मानिसहरुलाई हँसाउनु भएको बताउँदै टर्कीका अधिकारीहरुलाई भने यो मन नपरेको र घर फर्किएपछि आफूलाई गि रफ्तार गरिएको बताइन् । टर्कीमा यो कानुनअनुसार दोषी ठहरिएमा उनलाई ३ वर्षसम्म जेल सजाय हुन सक्छ । मोडलले नेदरल्याण्डको पारुल अखबारसँग कुरा गर्दै भनिन् ‘म एम्सटर्डमको यौ’ न संग्रहालयमा साझा गरिएको एक तस्वीरको लागि जेल जान चाहन्न ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.