Sun. Oct 17th, 2021

Ujyaalo Patrika

Daily News

श्रीमान दुवईमा, नेपालमा कोठामा भेटियो श्रीमतीको शव

1 min read

 

3

 

 

 

 

 

 

 

आजभोली महिलाहरुको रहस्यमय निधनले समाज र परिवारलाई चिन्तित बनाएको छ । फेरी मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवतीको शव कोठाभित्र फेला परेको छ । उनी विवाहिता हुन् । श्रीमान वैदेशिक रोजगारीका लागि दुवईमा छन् । आइतबार बिहान ७ बजेतिर कोठाभित्र उनको शव फेला परेको हो । ढोकामा चुकुर लगाएको छ । ति युवती स्थानीय २४ वर्षीया रोजिना गिरी भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ सलकपुर बजार घुमेर फर्किएकी युवती आइतवार विहान मृ त फेला परेकी हुन् । उनी सलमा झु ण्डि एको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । छिमेकीले खबर गरेपछि स्थानिय जनप्रतिनिधि र प्रहरी घटनास्थल पुगेका थिए ।

घटनास्थल र शवको प्रकृति संकास्पद देखिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर सरोज खनालले जानकारी दिए । शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । कोठामा भित्रवाट चुकुल लगाएको अवस्थामा रहेका कारण उनले आफै यस्तो निर्णय गरेको हुनसक्ने प्रहरी अनुमान छ ।

नातामा रोजिनाको बहिनी पर्ने मनिशा क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमा रोजिनाको केही तस्विर राख्दै सासु, आमाजु र जेठानीलाई अनुसन्धान गर्नुपर्ने माग राखेकी छन् । रोजिनाको केही वर्षअगाडि मात्र विवाह भएको बताइएको छ । हाल उनका पति वैदेशिक रोजगारीका लागि दुबईमा रहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.