Sun. Oct 17th, 2021

Ujyaalo Patrika

Daily News

अमेरिकाको नक्कली भिसा देखाएर स्टाफ नर्स विवाह गरेपछि…

1 min read

जिल्ला प्रहरी कार्यालय उदयपुरले नक्कली भिसा बनाई अमेरिका लैजाने भन्दै ललाई फकाई युवतीलाई विवाह गरेको अभियोगमा एक जनालाई प, क्रा उ गरेको छ।

अमेरिकाको प्रलोभन देखाउँदै थरसमेत ढाँटेर अन्तरजातीय विवाह गर्ने एक युवालाई प्रहरीले प, क्रा उ गरेको हो। प, क्रा उ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका– ७ मुर्कुचीका २४ वर्षीय सुदिप कार्की ढोली रहेका छन्।

उनले स्टाफ नर्स पढ्दै गरेकी युवतीलाई अमेरिका जाने भिसा लागेको भन्दै विभिन्न प्रलोभनमा पारेर बिहे गरेका थिए। दलितभित्रको कार्की ढोली भएता पनि उनले थर लुकाउने गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक डिएसपी वेदप्रसाद गौतमले केटीका आफन्तले केटो कार्की नभएर दलित भित्रको कार्की ढोली भएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए।

कार्की ढोलीले अमेरिकाको भिसासमेत नक्कली बनाएर केटीलाई देखाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अहिले केटीलाई अभिभावकको जिम्मा लगाएको छ।

आ, रो पित कार्की ढोलीलाई भने सोमबार अभद्र ऐनअन्तर्गतको मु, द्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.