Sat. Oct 16th, 2021

Ujyaalo Patrika

Daily News

फेरी खतरा बढ्यो भन्दै प्रशासनले काठमाडौमा यस्ता काम गर्न आजैवाट रोक लगायो (सूचना हेर्नुस्)

1 min read

केही दिन यता काठमाडौ लगायत शहरहरुमा सर्वसाधारणको भीडभाड बढेको छ । दसैं लगायतका चाडपर्व नजिकिएका कारण किनमेल गर्न सर्वसाधारण वजारमा निस्किन थालेका छन् । तर यस्तो अवस्थाले फेरी संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा केही काम गर्न रोक लगाउने निर्णय गरेको छ ।

विहिवार एक सूचना जारी गर्दै केही गतिविधि रोक्न निर्देशन दिएको हो । संक्रमणको जोखिम रहेको भन्दै भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार देखि लागू हुनेगरी काठमाडौं उपत्यकामा भीडभाड गर्न रोक लगाएको हो ।

आज एक विज्ञप्ति जारी गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडियो) गोविन्द प्रसाद रिजालले एक आदेश जारी गर्दै न्यूनतम सहभागितामा र सांकेतिकरुमा चाडपर्व मनाउन पनि आग्रह गरेका छन् ।

‘कोभिड १९ को संक्रमण कायमै रहेको हुँदा अनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदी नगर्ने र नगराउने’ जारी विज्ञप्ति भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.