Thu. Mar 4th, 2021

Ujyaalo Patrika

Daily News

अङ्ग्रेजी फिल्ममा अभिनय गर्दै स्वस्तिमा खड्का . .

1 min read

अङ्ग्रेजी भाषाको फिल्ममा नायिका स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् । भुटानी शरणार्थीको कथामा बन्ने फिल्म

अमेरिकाका केही स्वतन्त्र फिल्ममेकरले निर्माण गर्न लागेको यो फिल्ममा स्वस्तिमाले शीर्ष भूमिकामा अभिनय गर्ने भएकी छिन् ।

यद्यपि लकडाउनका कारण फिल्मको काम अहिले नै अगाडि नबढ्ने देखिएको छ । स्वस्तिमाले भुटानी युवतीको भूमिकामा अभिनय गर्ने र मेकर पनि सकारात्मक देखिएको बताइन् ।

‘यो अङ्ग्रेजी भाषाको फिल्म भए पनि हलिउड फिल्म होइन, मैले पनि अभिनय गर्ने कुरा भएको हो,’ स्वस्तिमाले बताईन , ‘अहिले भने लकडाउनका कारण फिल्मको काम अगाडि बढ्नेबारे टुङ्ग छैन, कोरोनाको प्रभाव पर्‍यो ।’

फिल्ममा अर्की नायिका केकी अधिकारीले पनि अभिनय गर्ने चर्चा छ । केकी र स्वस्तिमा दिदीबहिनीका रुपमा देखिने बताइएको छ ।

यद्यपि कोरोना भाइरसले संयुक्त राज्य अमेरिकामा झन् बढी प्रभाव पारेकाले फिल्म शूटिङ कहिले हुने भन्ने टुंगो छैन । फिल्ममा केही कलाकार अमेरिकाका रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.