Sat. Sep 25th, 2021

Ujyaalo Patrika

Daily News

यी बालक, १४ वर्षको उमेरमै प्रोफेसर बनेर पढाउँछन् बेलायतको चर्चित विश्वबिद्यालयमा

1 min read

संसारमा अद्भूत क्षमतामा मानिस विरलै हुन्छन् । कोही भविष्य वाणि गर्छन्, कसैले आफ्नो पूर्व जन्मको बारेमा समेत बताउने गरेका समाचार सुन्दै आएका छौं ।

यस्तै अद्भूत क्षमताका एक बालक जो १४ वर्षकै उमेरमा प्रोफेसर बनेका छन् । सुन्दा पत्यार नलाग्ला तर यो सत्य हो । याशा एस्ले नाम गरेका यी बालक १४ वर्षको कलिलो उमेरमा नै बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका हुन् ।

विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ । गणित विषयमा विशेष दख्खल भएका उनलाई मानव क्याल्कुलेटरको उपमा समेत दिइएको छ ।

हालै लेचेस्टर युनिभर्सिटीले भिजिटिंग प्रोफेसरको रुपमा छनोट गरेका एस्लेले विश्वविद्यालयमा गणित विषय बढाउनुका साथै आफैँ पनि डिग्री पढिरहेका छन् ।

१४ वर्षका किशोरको विलक्षण प्रतिभा देखेर याशालाई विश्वविद्यालयको भिजिटिंग प्रोफेसरको पद दिनका लागि लिचेस्टर विश्वविद्यालयको मानव संसाधन विकास विभागले लिचेस्टरको परिषदबाट विशेष अनुमति लिनु परेको थियो । जसका लागि विश्वविद्यालय समेत केही समय अप्ठ्यारोमा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.