Sat. Jun 12th, 2021

Ujyaalo Patrika

Daily News

गिनिज वर्ल्ड रेकर्ड राख्दै शंकर बिसी . .

1 min read

मोडल तथा निर्देशक शंकर बिसी गिनिज वल्र्ड रेकर्डस् तयारीमा छन् । अहिलेसम्म ३५ सय बढि म्युजिक भिडियोमा अभिनय गरेका उनले यसैको माध्यमबाट गिनिज वल्र्ड रेकर्डसमा नाम लेखाउन थालेका हुन् ।

विश्वमा यति धेरै म्युजिक भिडियो खेल्ने मोडल आफु बाहेक अर्काे नभएको उनको दाबि छ । रेकर्डका लागि सबै प्रक्रिया पुर्याएर केही अगाडि आवेदन दिएको र साथीभाईको आग्रहमा रेकर्डको प्रक्रिया थालेका हुन् ।

प्रियंकाकी सासूले दिएकी थिइन् यति महंगो गिफ्ट

बलिउड चर्चित अभिनेत्री हुन् प्रियंका चोपडा । उनी बलिउडमा मात्र नभएर हलिउडमा पनि निकै चर्चामा छिन् । उनले केही हलिउड फिल्ममा पनि काम गरेकी छिन् ।

केहिसमय अघि प्रियंकाले आफ्नी सासू डेनिस जोनसलाई जन्मदिनको शुभकामना दिएकि थिइन् । उनले सामाजिक संजालमा सासूसँगको तस्वीर इन्स्टाग्राममा शेयरद गरेकि थिइन् । उनकी सासु डनिस पेशाले एक शिक्षक हुन् । प्रियंका र निकको बिहेमा उनी भारतमा आएकी थिइन् ।

उनी अाफ्नाे छाेराकाे बिहेमा भारत अाउदाँ भारतीय संस्कृति देखेर उनी निकै रमाएकी थिइन् । प्रियंका र निकको बिहेपछि सासू डेनिसले प्रियंकालाई हीराको इयररिङ्ग दिएकी थिइन्, त्यस हीरा जुन निकै महंगो थियो ।

ती रिङ्गको मूल्य गर्दा करिब ५५ लाख भारु पर्ने बताइएको थियो । डेनिसले प्रियंका र निकको इङ्गेजमेन्टका बेलामा पनि पञ्जाबी नृत्य गरेकी थिइन् । नाच्दै गरेको भिडियो उनले सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.