Sun. Jun 13th, 2021

Ujyaalo Patrika

Daily News

कोरोना भाइरसको संक्रमण कुखुराको मासुमा पनि देखियो

1 min read

ब्राजिलबाट चिनमा  कुखुराको मासुमा कोरोना भाइरसको सं क्रमण पोजे टिभ देखिएको छ ।ब्राजिलबाट चिनमा शेन्जेनको लंगग जिल्लामा आयात गरिएको कुखुराको पखेटामा बुधवार कोरोना भाइरसको सं क्रमण पत्ता लागेको सीएनएनमा उल्लेख छ । अधिकारीहरूले ब्रान्डको नाम भने नलिएको जनाएको छ ।

शेन्जेन स्वास्थ्य अधिकारीहरूले उत्पादनको साथ सम्पर्कमा आएकाहरुलाई तुरून्त परीक्षण गर्दा सबैको परिणामहरू नकारात्मक आएको जनाएको छ । हाल सबै सम्बन्धित उत्पादनहरू बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र युएस रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) लगायत स्वास्थ्य अधिकारीहरूले भनेका छन् , ‘खानाको माध्यमबाट भाइरस सर्ने सम्भावना कम छ।’

नेपाली ‘नमस्कार’ विश्वव्यापी रुपमा ‘ग्लोबल कल्चर’ बन्दै

काठमाडौँ : गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भारत सरकारले स्वागतका लागि ‘नमस्ते ट्रम्प’ नामको कार्यक्रम नै आयोजना गरेको थियो। ट्रम्पले पनि दुई हात जोडेर गुजरातको अहमदाबादमा भेला भएका हजारौँ जनतामाझ हाँसेर ‘नमस्ते’ गरे । तर त्यसबेला सम्म भारतमा को रो ना भाइरसको सं क्र मण फैलिसकेको थिएन । जब विश्‍वभर कोरोना भाइरसको सं क्र मण अनियन्त्रित रुपमा फैलन थाल्यो हात मिलाउनेहरु पनि धमाधम ‘नमस्ते’ गर्न थाले । अन्तत: विश्वभर नमस्ते कल्चर नै फैलियो ।

हाल विश्‍वका प्रभावशाली नेताहरुमाझ भेटघाटका बेला हात मिलाउनुको सट्टा नमस्ते गर्ने शैली अभ्यस्त भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना सं क्र मण सर्नसक्ने भन्दै हात मिलाउनु जोखिमपूर्ण हुने चेतावनी दिएपछि नेपाल, भारत लगायत पूर्वीय हिन्दू सभ्यतामा प्रचलित नमस्ते गर्ने चलन लोकप्रिय बनेको हो ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोँ, स्पेनी राजा फेलिप पाचौँ र रानी लेतिजिया, आइरिस प्रधानमन्त्री लियो बरादकार, बेलायती राजकुमार चार्ल्स, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायत नेताहरुले नमस्ते गरिरहेका तस्बिर भाइरल बन्दैछन् । पाश्चात्य शैलीमा हात मिलाउने चलन प्रचलित भए पनि पूर्वीय हिन्दू सभ्यतामा सदियौँदेखि नमस्ते कल्चर नै स्थापित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.